आसफाेर्डवासीले गरे गायक लिम्बुकाे बिदाइ

१५ नाेभेम्बर, आसफाेर्ड । चर्चित गायक एवम् नेपाली तारा दीपक लिम्बुलाई आसफाेर्डवासीले बिदाइ गरेका छन् । गायक लिम्बुलाई एक कार्यक्रमबीच बिदाइ गरिएको हाे ।

गत अगष्ट महिनामा साङ्गीतिक भ्रमणका क्रममा बेलायत टेकेका लिम्बु नाेभेम्बर अन्तिममा स्वदेश फिर्दैछन् । सुमधुर सङ्गीत साँझ २०२२ की संयाेजक शकुन नेम्वाङले संयाेजन गरेको बिदाइ कार्यक्रम गाेरखा भिल्लामा आयोजना गरिएको थियोे । कार्यक्रममा सगरमाथा गाेरखा नेपाली समाज आसफाेर्डका वरिष्ठ उपाध्यक्ष डम्मर सिङ्गक, तेह्रथुम समाज यूके अध्यक्ष माेहन साेदेम्बा, किरात याक्थुङ चुम्लुच यूके उपाध्यक्ष गणेश इजम, सङ्गीतकार गङ्गाराज राई, लिम्बु पत्रकार सङ्घ यूके अध्यक्ष अमित थेवे, डम्मर खजुम, निशा गुरुङ, शान्ता लिङ्थेप लगायत व्यक्तिहरूकाे उपस्थिति रहेको थियोे ।

कार्यक्रम लिम्बुवान नागरिक समाजका महासचिव लाहाङ चेम्जोङले सञ्चालन गरेका थिए । उक्त अवसरमा गायक लिम्बुले आफ्नो भ्रमण सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरे । साथै, उपस्थित अतिथिहरूका लागि उनले आफ्ना केही लाेकप्रिय गीतहरू समेत सुनाए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *