याक्थुङ समुदायले चासाेक तङ्नाम भव्य रूपमा मनाए

१७ नाेभेम्बर, विजयपुर(धरान) । याक्थुङ लिम्बु समुदायले आफ्नो महान चाड चासोक तङ्नाम भव्य रुपमा मनाएको छ ।

युमा साम्याे महासभाको आयोजनामा धरानको ऐतिहासिक बिजयपुर दरवार परिसरमा मनाएको छ । युमा साम्यो महासभाका सल्लाहकार तथा प्राध्यापक बालकृष्ण माबुहाङको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको छ । चासोक थिसोकको अवसरमा बिहानीपख मौलिक पूजा आजा गरेर सुरआत गरिएकाे थियाे ।

तङ्नाममा या?लाङ(धान नाच),येवालाङ(बिजुवा नाच) येबा साम्बाबाट पूजा, केलाङ लगायत प्रस्तुत गरिएका थिए । कार्यक्रमका पाहुनाहरुलाई बाँसको ढुंग्रोमा स्थानीय जाँडको तोङ्बा समेत खुवाइएकाे थियाे ।

याक्थुङ लिम्बु समुदायले यस अघि चन्द्र पात्रो अनुसार मंसिरे पूर्णिमाका दिन मनाउँदै आएको चासोक यस वर्षदेखि युमा साम्यो महासभाले सूर्य पात्रो अनुसार हरेक मंसिर १ गते मनाउने निर्णय अनुसार नेपालसहित विश्वभर चासोक थिसोक मनाएको कुरा आयोजकले बताए ।

कार्यक्रममा प्रमुख अतिथि माबोहाङले अन्य जाति समुदायको जस्तै विजय उत्सव तथा महापुरुषको नाममा चाड मान्ने नभएकोले यस अघि मानिएको दशैँ छोडेको बताए । व्यापक छलफलपछि याक्थुङ समुदाय प्रकृति पूजक भएकोले खेती गरी फलाएको अन्न युमा तथा देवीदेउतालाई चढाएर मनाउने भनिएपछि चासोक मनाउन शुरु भएको बताए ।

धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रबिक्रम बेघाले शुभकामना दिँदै स्थानीय सरकार भएको नाताले के गर्नुपर्ने हो सो गर्न तयार रहेको बताए । यसरी छुट्टाछुट्टै रूपमा नमनाई एकरुपता देखाएर मनाउदा संविधानले दिएको अधिकार कुरा समेत कार्यान्वयन गर्न सहज हुने बताए । कार्यक्रम युमा साम्याे महासभा नेपालका अध्यक्ष देवेन्द्र वनेमकाे सभापतितब र सचिव सन्ताेष कुरुम्वाङकाे सञ्चालनमा भएको थियोे । उक्त अवसरमा प्रदेश एकका पूर्व गभर्नर डा. गाेविन्द तुम्बाहाङ, हिमालयन याक्थुङ साँस्कृतिक अध्ययनका विष्णुदत्त आङबुहाङ लगायतका अतिथिहरूकाे उपस्थिति रहेको थियोे ।

किरात याक्थङ चुम्लङ लगायत अन्य संस्थाहरूले भने यहीँ मङ्सिर २२ गते चासाेक तङ्नाम मनाउँदैछ । जुन दिन धान्य पूर्णिमाका रूपमा समेत प्रचलित छ । नेपाल सरकारले भने यहीँ दिन सार्वजनिक बिदा दिँदै आएको छ ।

 

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *