याक्थुङ मृत्यु संस्कारबारे युमा साम्याे यूकेले अन्तरक्रिया गर्ने

११ जून, लन्डन । याक्थुङ समुदायको मृत्यु संस्कारबारे युमा साम्याे महासभा यूकेले एक अन्तरक्रिया गर्नेछ भएको छ । यूकेमा रहेका याक्थुङहरूकाे एक भेला गर्दै महासभाले कार्यक्रम गर्न लागेको हाे ।

यहीँ आउँदो जून २५ आइतबारका दिन मृत्यु संस्कारबारे आसफाेर्डकाे बिहीबारे हलमा बिहान ११ बजेबाट अन्तरक्रिया गरिने महासभा यूके अध्यक्ष दिल पालुङ्वाले जनाए । याक्थुङ समुदायको मृत संस्कारबारे एक निर्देशिका बनाउन यूकेव्यापी भेला आयोजना गरिएको उनलेे बताए । छलफलमा तुत्तु तुम्याहाङ, फेजिक्कुम फेदाङ्मा, येबाेक्काे येबा, सावाला साम्बा, युमासाम्, समुदायका अग्रजहरूकाे उपस्थिति रहने महासचिव तारा कन्दङ्वाले जनाए ।

यूकेमा करिब २५ हजार बढी याक्थुङ लिम्बुहरूकाे उपस्थिति रहेको अनाैपचारिक तथ्यांक छ । प्रवासमा रहे पनि याक्थुङ समुदायको माैलिक संस्कार, संस्कृति र आदिम धर्म युमा धर्मलाई संरक्षण गर्ने हिसाबले सन् २०१८ डिसेम्बरमा युमा साम्याे महासभा यूकेकाे स्थापना भएको थियोे । महासभाले अहिलेसम्म दुईवटा राष्ट्रिय महाधिवेशनहरू सम्पन्न गरिसकेको छ । नेपालमा महासभाकाे स्थापना सन् २०१८ काे फेब्रुअरीमा भएको थियोे ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *