१६ नाेभेम्बर, आसफाेर्ड । याक्थुङ लिम्बु समुदायभित्रका फेन्दुवा येङ्देन थर वंशीहरूकाे पहिलो भेला सम्पन्न भएको छ । बेलायतका विभिन्न ठाउँहरूमा बसाेबास गर्दै आइरहेका फेन्दुवा येङ्देनहरकाे थरगत भेला आसफाेर्डमा हालै आयोजना भएको हाे ।

गत शनिबार १२ नाेभेम्बरमा गाेरखा भिल्ला रेस्टुरेन्टमा भएको भेलामा फेन्दुवा येङ्देनका दाजुभाइ, छाेरी ज्वाइ र भाञ्जाभाञ्जी लगायतबाट करिब ६० बढीको भेला भएको थियो । समुदायका अगुवा टङ्क येङ्देनकाे संयाेजकत्वमा भएको कार्यक्रम आसफाेर्डकाे गाेरखा भिल्लामा भएको थियोे । ताप्लेजुङको तत्कालीन फुङलिङ गाविसका उपाध्यक्ष रहेका राजेन्द्र येङ्देनकाे प्रमुख आतिथ्यमा भएको जमघटमा परिचयात्मक कार्यक्रम, साँस्कृतिक नाचगानसँगै वंशावली र माङ्गेन्ना यक लगायतका विषयमा छलफल भएको थियोे ।

अमित थेवेकाे सञ्चालनमा भएको कार्यक्रमलाई टेक येङ्देन र धनेश्वर येङ्देनले सहित प्रमुख अतिथिले गरेका थिए । गीतकार नवीन कृमार थेवेले केही गीतहरू प्रस्तुत गरेका थिए । रेखा येङ्देन मगरले स्वागत मन्तव्य दिइन् । युमा साम् सिद्ध कुमारी थेवे येङ्देनले युमामाङकाे नाममा दीप प्रज्ज्वलन गरेर सुरुवात गरिएको कार्यक्रममा केलाङ समेत प्रस्तुत गरिएको थियोे ।

ताप्लेजुङ जिल्लाकाे तम्मर खाेला थुममा रहेका फेन्दुवा वंशीभित्र तुम्बाहाङ्फे, सर्वन्धुङ, येङ्देन र मादेन थरगत समूह रहेका छन् । उनीहरूकाे माङ्गेन्ना यक्(उत्पत्ति थलाे) लुङ्बाङलुङ रहेको छ जुन हाङ्देवामा अवस्थित रहेको छ । येङ्देनहरूकाे पुर्ख्याैली जग्गामा ताप्लेजुङको सुकेटार विमानस्थल, ताेक्मे डाँडाकाे बजार, अम्बि टारमा रहेको भानु स्कुल, जिल्ला अस्पताल, ब्रिटिस र भारतीय वेलफेयर कार्यालय लगायत संरचना निर्माण भएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *