एनआरएनए यूकेको ४० हजार पाउण्ड घोटालामा उपाध्यक्ष सुनिलबाबु पनि संलग्न

लन्डन । बेलायतको च्यारिटीमा दर्ता भएको एनआरएनए यूकेको झण्डै ४० हजार पाउण्ड घोटालामा संघका उपाध्यक्ष सुनिलबाबु खड्काको पनि प्रत्यक्ष संलग्नता खुलासा भएको छ ।

उपाध्यक्ष खड्का र कोषाध्यक्ष विष्णु खरेलको साँठगाँठमा अध्यक्ष प्रेम गाहामगरको अनुमति बिना एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका लागि च्यारिटीको पैसा ३९ हजार २ सय ८५ पाउण्ड ७३ पेन्स रकम गैर–कानूनी रुपमा रकम झिकेर नेपाल पठाइएको थियो ।

सामान्यतया उपाध्यक्षलाई संघको आर्थिक लेखाजोखाकोे विषय नभएपनि बर्खास्तमा परेका कोषाध्यक्ष विष्णु खरेलसंगको मिलेमतोमा च्यारिटी संस्थाको पैसा झिकेको पाइएको छ ।

एनआरएनए केन्द्रमा ५१ को पद भागवण्डा गरेर २ सय २३ पुर्‍याएर दुई तिहाई भन्दा बढीले छ महिना अघि भएको उम्मेदवारी बापत तिर्नुपर्ने झण्डै दुई करोड २८ लाख रुपैयां संस्थालाई नतिरेर आधा भन्दा बढी पदाधिकारी अवैधानिक भएकाले अध्यक्ष प्रेम गाहामगरले केन्द्रमा पैसा पठाउन रोकेका थिए । गाहामगरले बरु त्यो पैसा बेलायतमा नेपाल हाउस बनाउन सदुपयोग गरौं भन्दा अनुमति विना पैसा जवरजस्ती पठाएको थिए ।

खड्कामाथि एनआरएनए यूके च्यारिटी कमिशनलाई व्यक्तिगत रुपमा कब्जा गर्न खोज्दै १५ मार्चमा कार्यसमितिको म्यान्डेड बमोजिम सिक्नेचरीबाट नाम नहटाएकोे, संस्थाको सम्पूर्ण कागजातहरु कब्जा लिएको र संस्थाविरुद्ध विभिन्न गतिविधिहरु गरिरहेको आरोप लाग्दै आएका छन् ।

च्यारिटी पैसा घोटालामा मुछिएका खड्कालाई वार्षिक साधारणसभाद्धारा गठित छानवीन समितिले संस्थाको रकम गैर‐कानूनी रुपमा झिकेको आरोपमा उजुरी परेपछि छानवीनका लागि बोलाएको छ ।

छानवीन समितिले आँउदो २९ सेप्टेम्बरमा खड्कालाई एनआरएनएको कार्यालयमा उनीमाथि लागेको आरोपमाथि छानवीन गर्न बोलाएको हो ।

खड्कामाथि संस्थाको रकम गैरकानूनी रुपमा कोषाध्यक्ष विष्णु खरेलसंगको मिलेमतोमा झिकेको, संस्थाकै सम्पूर्ण कागजातहरु बुझाउन ताकेता गर्दा पनि कब्जा गरेको र संस्था हित विपरित क्रियाकलाप गरेको आरोप छ ।

मुख्य रुपमा तीनवटा विषयमा उजुरी परेपछि छानवीनका लागि खड्कालाई बोलाइएको छानवीन समितिका संयोजक डा. भीम पुनले बताए । आर्थिक जस्तो गम्भीर विषयमा उजुरी परेकाले त्यस विषयमाथि प्रष्ट पार्न र जवाफका लागि मौका दिने उद्देश्यसहित खड्कालाई बोलाइएको पनि डा. पुनले बताए ।

खड्कालाई समितिले बिहीबार विहान ९ बजे भित्र छलफलका लागि बोलाएको छ ।

खड्काले हालै स्वीडेनमा सम्पन्न १४ औं युरोप सम्मेलनमा सहभागी हुंदा म कार्यवहाक अध्यक्ष भन्दै हिंडेको बताइन्छ । बेलायतका रामशरण सिम्खडाले कार्यवहाक अध्यक्ष भन्दै बोलाएपछि खड्का मञ्च पुगेका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *