जसपाकाे प्रवास प्रदेश समिति पुनर्गठन

लन्डन । जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश समिति पुनर्गठन भएको छ । सङ्घ र प्रदेशको चुनावकाे माहाैल तातिएसँगै पार्टीको प्रवासमा रहेका नेपाली समाजहरू हेर्ने प्रवास विशेष प्रदेश समिति पुनर्गठन भएको हाे ।

आइतबार ४ सेप्टेम्बरमा भएकाे बैठकले विश्वास दीप तिगेलाको अध्यक्षतामा समिति पुनर्गठन गरेको थियोे । तिगेला यसअघि मुख्य सचिव थिए ।

विभिन्न २२ मुलुकमा गठन भई अस्तित्वमा रहेका नेपाली समाजको केन्द्रीय नेतृत्व प्रवास विशेष प्रदेश समितिको उपाध्यक्षत्रयमा अक्कल थापामगर (थाईल्याण्ड), मनिष यादव (कतार) र प्रमोद श्रेष्ठ (युएई) छन् । त्यस्तै, तीन सचिवहरुमा सोम शेर्पा (पोचुर्गल), पेम्बा डोल्मा ह्याल्मो (इजरायल) र लोक बहादुर राई (कुवेत) छन् । कोषाध्यक्षमा मुन्ना समसुल हक (युएई) र सहकोषाध्यक्ष लीला सेलिङ माबो (युके) चयन भएका छन् । पार्टी प्रवासको अंग नेपाली समाजका अध्यक्ष पदेन सदस्य सहित ३९ सदस्य रहेका छन् ।

भर्चुअल भेलामा प्रवास प्रदेश इन्चार्ज आङकाजी शेर्पा, सहईन्चार्जहरु क्रमशः लक्ष्मण हुमागाई, भगवान चाम्लिङ, टेक बहादुर थापा, मान बहादुर राई, पी.जी. शेर्पाले पनि सम्बोधन गरेका थिए । त्यस्तै गरि आउँदो संघीय संसद र प्रदेश संसदको निमित्त प्रवास समितिबाट उम्मेदवारहरु पनि सिफारिस गरिएका छन् । उम्मेदवारको सिफारिसमा धर्म तामाङ, भोजपुर क्षेत्र नं. १ (हाल युके), दर्पण गुरुङ, ईलाम क्षेत्र नं. १ (द. कोरिया हाल नेपाल), सोम फूरी शेर्पा, दोलखा क्षेत्र नं. २ (हाल पोर्चुगल), मुन्ना समुसुल हक, सप्तरी क्षेत्र नं. ४ (हाल युएई), पासाङ शेर्पा, रामेछाप क्षेत्र नं. १ (हाल युएई), भगवान चाम्लिङ, खोटाङ क्षेत्र न २ (हाल युके), जंग बहादुर सुनुवार, जनकपुर क्षेत्र नं. २ (हाल युके), मनिष यादव, सुन्सरी क्षेत्र नं. ४ (हाल कतार), प्रमोद श्रेष्ठ, काठमाडौं क्षेत्र नं. ६ (हाल युएई),  पार्वती थापा मगर, तनहुँ (हाल अमेरिका/नेपाल), आङकाजी शेर्पा, काठमाडौं क्षेत्र नं. ३ (हाल ईन्चार्ज काठमाडौं), लक्ष्मण हुमागाई, काठमाडौं क्षेत्र नं. २ (हाल नेपाल नै), मान बहादुर राई, झापा क्षेत्र नं. ५ (हाल नेपाल नै), मिनु राई बयरबन क्षेत्र नं. १ मोरङ (हाल युके/नेपाल), विश्वास दीप तिगेला, धनकुटा क्षेत्र नं. २ (हाल युके) लाई आउदो संघीय ससद तथा प्रदेश संसदको निमित्त प्रत्यक्ष तथा समानुपातिकका निमित्त सिफारिस पनि गरेको छ ।

नेपालको प्रसासकीय ७ प्रदेश समितिमा पार्टी संगठनको संरचना रहेको छ भने ८औं प्रदेशको रुपमा प्रवास प्रदेशलाई लिने गरिएको छ । नेपालदेखि बाहिरको सम्पूर्ण पार्टी संगठनको नेतृत्व प्रवास विशेष प्रदेश समितिले गर्ने गर्दछ भने प्रवास समितिको कार्यालय बालकुमारी काठमाडौंमा रहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *