लिज ट्रस बेलायती प्रधानमन्त्री बन्दै

लन्डन । लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्ने भएकी छन् । उनी बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीकी नेतृमा निर्वाचित भएसँगै प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा ट्रसले ५७ प्रतिशत मत पाएकी छन् भने उनका प्रतिद्वन्द्वी ऋषि सुनाकले ४२ प्रतिशत मत पाएका छन् । ट्रस हालसम्म बेलायतकी विदेशमन्त्री थिइन् ।

प्रधानमन्त्री बन्ने निश्चित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै ट्रसले कर कटौती र हाल देखिएको उर्जा संकट समाधान गर्ने प्रतिबद्धता जनाएकी छन् । बेलायतको बिग्रँदो अर्थतन्त्रमा सुधार ल्याउन आफूले विशेष पहल गर्ने उनले बताइन् ।

अनेकन विवादमा तानिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गत जुलाईमा राजीनामा दिएका थिए । उनले भोलि मंगलबार बेलायती महारानी एलिजावेथसमक्ष औपचारिकरुपमा राजीनामा बुझाउँदैछन् ।

बोरिस जोन्सनको स्थानमा कन्जरभेटिभ पार्टीको नेता र प्रधानमन्त्री पदका लागि उनीहरुबीच प्रतिस्पर्धा भएको थियो । कन्जरभेटिभ सांसदबीचको अन्तिम चरणको मतदानले ट्रसलाई नेतृत्वमा चयन गरेको हो ।

त्यसअघि उक्त पार्टीका १ लाख ६ हजार सदस्यबाट हुलाक मतपत्रबाट मतदान भएको थियो। दुई उम्मेदवारबीच जुलाई २५ मा बीबीसीमा वान–अन–वान बहस भएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *