स्वर्णिम साहित्य समाजले स्कुलमा कविता कार्यक्रमको अडिसन गर्ने

३१ डिसेम्बर, वराहक्षेत्र । स्वर्णिम साहित्य समाजले बराहक्षेत्र नगरपालिकाभरि रहेका विद्यालयहरुबाट नव लेखन प्रतिभा खोज्ने उद्देश्यका साथ ‘स्कुलमा कविता’ आयोजना गर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी उक्त कार्यक्रम गर्ने जनाएको हो । बराहक्षेत्र नगरपालिकाभरि रहेका माध्यमिक तहका विद्यार्थीहरुबीच कविता प्रतियोगिता आयोजना गर्दै उत्कृष्ट ४ कविलाई आकर्षक पुरस्कार प्रदान गरेर आशाका किरणहरुलाई प्रोत्साहित गर्दै लेखनमा जिम्मेवारी बोध गराउने लक्ष्यका साथ यो वृहत कार्यक्रमको आयोजना गर्ने सोच राखेका संस्थाका अध्यक्ष प्रकाश दिप्साली राईले बताए ।

साविक गाविसभरिका रहेका विद्यालयहरुलाई एक दिन अडिसनका रुपमा प्रतियोगिता आयोजना गर्ने छ । बराहक्षेत्रमा यो नौलो प्रयोग हुनेछ । राउण्डबाट उत्कृष्ट १० कवि र कवितालाई फाइनल राउण्डमा छनोट गरेर उत्कृष्ट ४ कवि र कवितालाई विशेष पुरस्कार राख्ने भएको छ । अडिसन राउण्डमा महिना दिन खर्च हुने भएकाले फाइनलको दिन देशकै प्रतिष्ठित कवि लेखकहरुलाई बराहक्षेत्रको पावनभूमिमा निम्त्याएर उत्कृष्ट चार जना कवि प्रतिभालाई आकर्षक पुरस्कार प्रदान समेत गर्ने भएको छ । प्रथम हुनेले ट्रफी, मेडल, प्रमाण पत्रसहित नगद १० हजार पाउने छ भने द्वितीय, तृतीय र सान्त्वाना हुनेलाई मेडल, प्रमाण पत्रसहित जनही नगद २ हजार प्राप्त गर्ने छन् ।

पहिलो चरणमा प्रत्येक साविक गाविस भरिका एक स्कुलमा कार्यक्रममा प्रतियोगिता गरिने र पहिलो चरणमा पूर्वमा कहलिएका कविको साथमा स्थानीय श्रष्टाहरुलाई निर्णायकहरु राख्ने भएको छ । पहिलो चरणको निर्णायकका रुपमा पत्रकार सम्मेलनमै वराहक्षेत्रका स्थानीय कविहरु प्रलाह्द भट्टराई ‘पहरेदार’, राजन इशारा र सविता फागो लिम्बूलाई घोषणा गरिएको छ । ।फाइनल राउण्डमा भने देशकै प्रतिष्ठित कविहरुलाई निर्णायक मण्डल बनाउने राईले बताए ।

स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्साली ।

सिर्जनशील उमेरका विद्यार्थीहरु साहित्य सिर्जनासँग जोडिने, आफूमा रहेको कविता लेखनलाई परिमार्जित गर्दै लेखनलाई थप मजबुत बनाउने, कविता लेखनलाई जिम्मेवारी ठान्दै आफ्नो गाउँ समाजका निम्ति जनचेतनामुखी सिर्जना गर्न सक्ने र आगामी दिनमा बराहक्षेत्रलाई सर्जकहरुको क्षेत्रको रुपमा थप परिचित गराउने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिन लागेको अध्यक्ष राईले बताए ।

कविता प्रतिभाको खोजी गर्दै ती प्रतिभाहरुलाई थप फलाउने फुलाउने उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गर्न लागेको संस्थाका सचिव लक्ष्मण कटुवालले जनाए । बराहक्षेत्र ३ नं वडाको सभा हलमा राखिएको कार्यक्रममा बराहक्षेत्रका बौद्धिक व्यक्तित्व, पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *