साेमि:प्मा ए’ मा जम्दै खापुङ र इम्बुङ

डिसेम्बर २८, याङ्वरक(पान्थर) । पूर्वी समाजमा साइनाे सम्बन्धहरूकाे आ-आफ्नो साँस्कृतिक महत्त्व छ । खासगरी, याक्थुङ लिम्बु समुदायमा साेल्टा साेल्टिनीहरूबीचकाे हसिमजाकलाई प्रेम र आत्मीयताका रूपमा लिने चलन छ ।

साइनाे नलाग्ने साेल्टा साेल्टिनीबीचकै पारस्परिक सम्बन्धलाई हालै रिलिज भएको ‘साेमि:प्मा ए ‘ गीतको म्युजिक भिडियोमा सुन्दर ढंगले देखाइएको छ । जसमा चर्चित कलाकार फु?लेन्देकाे बाउ(माैसम इम्बुङ) र उदीयमान नायिका सुम्निमा खापुङले बेजाेड अभिनय गरेका छन् । याङ्वरक थुमतिर छायांकन गरिएको गीतलाई इन्दिरा नेम्वाङ र पेपराज माबुहाङले गाएका छन् । दुवै विश्वव्यापी पालाम प्रतियोगिताकाे अन्तिम दशमा परेका गायक गायिकाहरू हुन्  ।

पेशल माबुहाङकाे शब्दमा खाेट लाउने ठाउँ छैन । पछिल्लो समय एकपछि अर्को हिट गीत लेखिरहेका छन् । सबैभन्दा सुन्दर पाटाे भनेको सङ्गीत हाे । सिङ्गापुरमा रहेर पनि मेलाेडी गीतहरू कम्पाेज गर्न माहिर सेमीहाङ सिङ्गकले यस गीतमा सङ्गीत भरेका छन् । श्राेताहरूले याे गीत गुनगुनाउने पक्का छ ।
सागर स्टुडियोमा टेकेन्द्र यक्साेले गीत एरेञ्ज गरेका छन् ।

दिनेश माङ्मुले आफ्नै काेरियाग्राफीमा निर्देशन गरेको भिडियोकाे सम्पादन विकास धमलाले गरेका छन् । कृष्ण सुवेदीले श्रङ्गारमा काम रहेको गीतमा निश्चल राई कला निर्देशक रहेका छन् । सुमन याेञ्जनले क्यामेरा र ड्राेनबाट सुन्दर दृश्य कैद गरेका छन् ।

इन्दिरा नेम्वाङकाे प्रस्तुति रहेकाे गीतको भिडियोमा माैसम इम्बुङले मिस पूर्वेली सुपर माेडलकी विजेता सुम्निमा खापुङसँग मनमाेहक अभिनय गरेका छन् । भिडियोमा कल्पना लाओती, शैलेन्द्र नाल्वाे, विपना तावाहरूकाे समेत अभिनय देख्न सकिन्छ । गीतमा याक्थुङ लिम्बुकाे संस्कार, सँस्कृति र परम्परालाई सकेसम्म राेचक ढंगले देखाउने प्रयास गरिएको छ ।

गीतकाे भिडियो हेर्न –

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *