३० अक्टोबर, ललितपुर । किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय अध्यक्ष मञ्जुल कुमार सिं याक्थुङवा(फाेम्वाे)काे निधनमा चुम्लुङले शाेक बिदा गर्ने भएको छ । पूर्व अध्यक्षकाे निधनकाे शाेकमा चुम्लुङले कात्तिक १३ गते साेमबार आफ्ना सम्पूर्ण कार्यालयहरू बन्द गर्ने जनाएको छ ।

चुम्लुङका सङ्घीय सल्लाहकार र पूर्व प्रशासक समेत रहेका याक्थुम्वाकाे उपचारका क्रममा आइतबार ह्याम्स हस्पिटल घुम्बाराही काठमाडौँमा ८८ बर्षको उमेरमा निधन भएको थियोे । कियाचु सङ्घीय कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै कियाचु एवम् याक्थुङ समुदायप्रतिकाे पुर्याएकाे याेगदानकाे सम्मानमा साेमबार एक दिन सम्पूर्ण कियाचु कार्यालयहरूमा बिदा दिने निर्णय गरेको छ । महासचिव निरन्तरी तुम्बापाेले हस्ताक्षर गरेको विज्ञप्तिमा याक्थुङ मुन्धुम अनुसार पूर्व अध्यक्ष (पुरूष भएकाेले)४ दिन कातिक १२ गतेदेखि १५ गतेसम्म कियाचुकाे कुनै पनि ओैपचारिक कायक्रमहरू नगरिने उल्लेख छ । त्यस्तै, कियाचुकाे कार्यालयहरूमा ४ दिन झन्डा आधा झुकाउने निर्णय भएको चुम्लुङले जनाएको छ ।

झापा चुम्लुङकाे श्रद्धाञ्जली सभा
किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय अध्यक्ष मञ्जुल कुमार सिंह याक्थुङबाको निधनमा झापामा श्रद्धाञ्जली अर्पण गरिएको छ । उनको फोटोमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको चुम्लुङले जनाएको छ ।
‘वहाँको पार्थिव शरीरमा फूलमाला चढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न झापाबाट काठमाण्डौं पुग्न असम्भव भएपछि याक्थुङबाको अन्त्येष्टीकै दिन किरात याक्थुङ चुम्लुङ झापा शाखाको कार्यालयमा भेला भई फोटोमा माल्यार्पण गरी श्रद्धाञ्जली चढाइएको हो,’ झापा अध्यक्ष सेसेहाङ फियाकले भने ।
कार्यालयमा भेला भई श्रद्धाञ्जली अर्पण गर्नैहरूमा कियाचु राष्ट्रिय चुम्लुङ सदस्य जनबहादुर जवेगु, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी, कियाचु जिल्ला अध्यक्ष सेसेहाङ फियाक, सह-सचिव शरण लोवा, सदस्य धर्म लक्सम्बा, विर्तामोड नगर सदस्य धनराज लिम्बू, मनिराज मेन्याङबो लगायत रहेका थिए ।
कार्यालयमा स्व. याक्थुङबा फोटोमा माल्यार्पण गरि श्रद्धाञ्जली अर्पण गर्दै चुम्लुङको झण्डा आधा झुकाइएकाे छ ।


फोटो : राष्टिय चुम्लुङ सदस्य जनबहादुर जवेगु