लाेवाकाे कथा सिक्किमको कञ्चनजङ्गा विश्वविद्यालयमा पढाइ हुने

३० अक्टोबर, फेदेन(पान्थर) । याक्थुङ भाषाका सर्जक पुष्पहाङ लोवाको कृति सिक्किमकाे एक विश्वविद्यालयमा पढाइ हुने भएको छ । याक्थुङ (लिम्बू) भाषा, सिरिजंगा लिपिमा लेखिएको कथा सङ्ग्रह ‘मना लाङ्योःक्खा?’ सिक्किमस्थित कञ्चनजङ्गा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएपछि पठनपाठन हुने भएको हाे ।

कथाकार पुष्पहाङ लाेवा ।

सिक्किम सरकारअन्तर्गत सन् २०१८ मा स्थापना भएको कञ्चनजङ्गा विश्वविद्यालयले उक्त कृतिलाई पाठ्यक्रममा राखेको हो । कृतिभित्र १२ वटा कथा सङ्ग्रहित छन् । तीमध्ये कुन कथा पठनपाठन हुने भन्ने भने टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ।

पाठ्यक्रममा समावेश गरिसकिएकाले आगामी शैक्षिक शत्रदेखि कृतिभित्रको कुनै एक कथा पठनपाठन हुने उक्त विश्वविद्यालयका प्राध्यापक एवम् लिम्बु विभाग प्रमुख डा. बी एल खाम्धाकले जानकारी दिएको कथाकार लोवाले बताए।

नेपालमा मातृभाषामा उच्च शिक्षा पठनपाठनको वातावरण नबने पनि छिमेकी मुलुकका विश्वविद्यालयले नेपाली साहित्यकारले लेखेका याक्थुङ (लिम्बू) भाषाको साहित्यको सम्मान गरेकोमा खुसी लागेको लोवाले बताए । लोवाको उक्त कृतिलाई किरात याक्थुङ चुम्लुङ जापानले केही समय अघि प्रकाशनमा ल्याएको थियो । पान्थरका स्रष्टा लाेवाका हालसम्म तीन कृतिहरू प्रकाशित छन् । जसमध्ये, ‘तङ्अम्भुङ’ (कविता सङ्ग्रह) – २०६७, ‘याग्राङ्सिङ्’ (कविता सङ्ग्रह)- २०७३, ‘मना लाङ्योःक्खा? (कथा सङ्ग्रह)’ – २०७९ रहेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *