यूकेमा तक्साेक थिसाेक पूजा नाेभम्बर १७ मा हुँदै

२१ अक्टोबर, आसफाेर्ड । तक्साेक थिसाेक पूजा तथा चासाेक तङ्नाम यस वर्ष यूकेमा नाेभेम्बर १७ मा हुने भएको छ । युमा साम्याे महासभा यूकेकाे आयोजनामा गत वर्षझैँ पूजा एवम् तङ्नाम हुन लागेको हाे ।

याक्थुङ समुदायको महान् पर्व तक्साेक थिसाेक(न्वागी) पूजा र चासाेक तङ्नामकाे अवसर पारेर महासभाले आसफाेर्डमा कार्यक्रम गर्न लागेको महासभाका यूके अध्यक्ष दिल पालुङ्वाले बताए । येवा दल बहादुर फुरुम्वो लिम्बुकाे प्रमुख आतिथ्यमा हुने कार्यक्रम ब्रुकफिल्ड राेडस्थित सेन्ट साइमन चर्चकाे हलमा हुनेछ । बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म हुने कार्यक्रममा तक्सोक/थिसोक फि:मा पूजा समेत हुनेछ । त्यस्तै, शुभकामना आदानप्रदानसहित साँस्कृतिक कार्यक्रमअन्तर्गत के:लाङ(च्याब्रुङ नाच), या?लाङ(धान नाच) देखाइने महासभाले जनाएको छ ।

युमा साम्यो महासभाले संस्थागत रुपमा विश्वभरि छरिएर रहेका याक्थुङ लिम्बूहरुले हरेक वर्षको मङ्सिर १ गते(नाेभेम्बर १७) चासोक तङ्नाम मनाउने निर्णय गरेको छ । चासाेक तङ्नामलाई एकरुपता दिन महासभाले साे निर्णय गरेको थियोे ।

प्रकृतिपूजक याक्थुङ लिम्बु जातिले धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ । खेती किसानी सँस्कृति सुरु भएपछि सामूहिक रूपमा मनाउने थालिएको पर्वमा थान थापेर सर्वाेच्च शक्ति तागेरानिङ्वाफु युमामाङ, देवीदेउता, प्रकृति र पितृलाई पुकार्दै नयाँ अन्नबाली चढाइन्छ । याक्थुङ समुदायको आदिम थातथलाे पान्थर, ताप्लेजुङ, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरी लगायत काठमाडौं उत्पत्यका, बास्की, चितवन, भारतको सिक्किम, दार्जिलिङ, आसाम र प्रवासी मुलुकहरू यूके, अमेरिका, अष्ट्रेलिया, हङकङ, ब्रुनाई, जापान, दक्षिण काेरिया, मलेसिया, साउदी अरब, कतार, कवेत, साइप्रस, जर्मनी, क्यानडा लगायतका मुलुकमा चासोक तङ्नाम र तक्साेक थिसाेक पूजा गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *