बौद्ध धर्ममाथि लुम्बिनीमा भएको अतिक्रमण बिहीबार बृहत भर्चुअल अन्तरक्रिया हुँदै

८ फेब्रुअरी, काठमाडौं । लुम्बिनीमा भएको बौद्ध धर्ममाथिको अतिक्रमण बारेमा साझा धारणा बनाउन जुम बैठकको आयोजना गरिएको छ । आदिवासी जनजाति महासंघ युके, सिञ्जाखबर नेटवर्क तथा हिमाली, संस्कृत, पाली आदि बौद्धधर्मलाई प्रतिनिधित्व गर्ने बौद्ध धर्माबलम्बीहरुले ‘लुम्बिनी परिसर भित्र मोरारी बापुको ‘राम कथा वाचन बौद्ध सम्पदा माथिको अतिक्रमण’ विषयक जुम मार्फत् अन्तक्रिया कार्यक्रम भोली माघ २६ गते अदनुसार फेब्रुवरी ९ तारिक नेपाली समय अनुसार बेलुका ६ बजे जुम भर्चुअल कार्यक्रम गर्ने भएका हुन् ।

उक्त कार्यक्रममा हिमाली बौद्धहरुको तर्फबाट सेए नाम्खाइ दोर्जे, थेरवाद बौद्धहरुको तर्फबाट कश्यप भन्ते (संविधानसभा सदस्य सुनिलबाबु पन्त ) बज्रयान बौद्धहरुको तर्फबाट विवेक शर्मा तथा बौद्ध धर्मका विद्वानहरु डा.केशवमान शाक्य, बसन्त महर्जन, टि.बि.पुन, सुमलकुमार गुरुङ र कमला हेम्चुरीसमेतले उक्त कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

सो बैठकलाई अनलाइन मिडियाहरुले प्रत्यक्ष प्रसारण गर्ने भएका छन् । उक्त कार्यक्रममा सहभागि हुनका लागि आयोजकले जुम लिंक उप्लब्ध गराएको छ । लुम्बिनीमा रहेको बौद्ध परिसर भित्र आयोजना भैइरहेको रामायण वाचनको कार्यक्रमप्रति बौद्ध समुदायको चर्को विरोध हुँदाहुँदै हिन्दू समुदायले उक्त कार्यक्रम गरिरहेको छ ।

राम कथा वाचन कार्यक्रमकाे ब्यानर ।

बौद्ध समुदायले उक्त मोरारी बाप्पुको रामायण वाचनको कार्यक्रमलाई बौद्ध परम्परालाई धुमिल्याउने आशयकारुपमा लिएका छन् । रामायण वाचनका लागि थुप्रै पिठ र मन्दिरहरु हुँदाहुँदै किन बुद्ध जन्मेको स्थल नै रोजियो भन्ने प्रश्न पनि यतिबेला उठेको छ ।

zoom link -:JoinZoom Meeting https://us06web.zoom.us/j/8798071499… Meeting ID: 879 807 1499 Passcode: 1234

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *