याक्थुङ युवा मञ्च पान्थरमा यवा

८ फेब्रुअरी, फेदेन । याक्थुङ युवा मञ्च पान्थरको अध्यक्षमा कुमार यवा ‘माैसम’ निर्वाचित भएका छन् । मञ्च पान्थरकाे तेस्रो अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

बुधबार फेदेनमा भएको अधिवेशनले १६ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिकाे उपाध्यक्षहरूमा गगन जवेगू ‘खाम्बेक’, चित्रकला हाङ्सरूम्वा, सचिवमा मचिन्द्र लोवा ‘सेमी’, सह-सचिवमा रोजा जवेगू र कोषाध्यक्षमा वसन्त आङ्वाे छन् । सदस्यहरूमा नुमा लिङ्देन, सुखु शेर्मा, सुजन मादेन ‘मिसेक’, कलावती बेघा, सपना लिङ्देन, सुमी जवेगू, सञ्जीवनी मादेन, रविन जवेगू, तागेरा तावा र कर्म चन्द्र नेम्वाङ रहेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *