दुर्व्यसनकाे चपेटामा बालबालिका पनि रहेको अधिकारकर्मीहरूकाे भनाइ

७ फेब्रुअरी, आसफाेर्ड । लागूपदार्थ दुर्व्यसनकाे चपेटामा कम उमेरका बालबालिकाहरू समेत परेको अधिकारकर्मीहरूले खुलासा गरेका छन् । लागूपदार्थ ओेसारपसार र बिक्रीवितरणमा नाबालकहरू प्रयोग भइरहेको अनुसन्धानले देखाएको उनीहरूले बताएका छन् ।

आइतबार आसफाेर्डमा ग्लाेबल बुलियन भल्टले फरवार्ड ट्रस्टसँगकाे सहकार्यमा आयोजना गरेकाे लागूऔषध र मद्यपान दुर्व्यसनबारे अन्तरक्रियामा बाेल्दै अधिकारकर्मी विजय लुम्फुङ्वाले भने, ‘लागूपदार्थ बेचबिखन गर्ने र ओसारपसार गर्नेले साना बालबालिका प्रयोग गरिरहेका छन् । हामीले ६-७ वर्ष उमेरसम्मका प्रयोग भएको भेट्याैँ ।’  कार्यक्रमकाे सहजकर्ता फरवार्ड ट्रस्टका ड्रग एन्ड एल्काेहल प्राक्टिसनर विजय लुम्फुङ्वाले आसफाेर्डमा उल्लेख्य सङ्ख्यामा नेपाली समुदाय पनि दुर्व्यसनमा फसेको जिकिर गरे । ‘हामीले हेरेकाे केन्ट काउन्टीमध्ये ९० प्रतिशत आसफाेर्डमा छन् । त्यसभित्र नेपालीहरू पनि परेका छन्,’ उनलेे भने, ‘हामीले नि:शुल्क रूपमा परामर्शसँगै उपचार पनि गराइरहेका छाैँ ।’

चार वर्षदेखि फर्वार्डमा आबद्ध रहेर काम गरिरहेका लुम्फुङ्वा नेपालमा रहँदा लागूपदार्थ दुर्व्यसन राेकथाम तथा नियन्त्रणका क्षेत्रमा करिब २३ वर्ष काम गरेका थिए । यसैगरी, अर्का मध्यस्थकर्ता तान्याले समेत अन्य लागूपदार्थभन्दा रक्सीको लतले ज्यान जाेखिममा पर्ने बताइन् । उनले अधिक मद्यपानका कारण धेरै मानिसहरूले आफ्नो स्वास्थ्य र ज्यान गुमाइरहेकाे जनाइन् ।

नेपाली समाजमा पछिल्लो समय किशोरकिशोरी र युवायुवतीहरू दुर्व्यसनमा फस्नेहरूकाे संख्या बढिरहेको बेला आसफाेर्डमा साेबारे सचेतना कार्यक्रम यहीँ फेब्रुअरी ५ तारिख आइतबार हुन लागेको हाे । ग्लाेबल बुलियन भल्टले फरवार्ड ट्रस्टसँगकाे सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको भल्टका संस्थापक जितेन्द्र चेम्जोङले बताए । व्यावसायिक प्रतिष्ठान भएतापनि सामाजिक दायित्वअन्तर्गत भल्टले कार्यक्रम आयाेजना गरेको जनाए ।

‘हाम्रो समुदायका युवाहरू दुर्व्यसनमा फसेका हुन सक्छन् । उनीहरू र अभिभावकहरूलाई उचित जानकारी र परामर्श दिन कार्यक्रम गरेका हाैँ,’ चेम्जोङले भने, ‘यसबाट समुदायले लाभ लिने विश्वास गरेका छाैँ । सेफ डिपाेजिट लकर सेवा उपलब्ध गराउँदै आएको भल्ट डेढ वर्षअघि सञ्चालनमा आएको हाे ।

कार्यक्रमका सहजकर्ता विजय लुम्फुङ्वा ।

आयोजक भल्टका संस्थापक एवम् प्रबन्ध निर्देशक जनक राईले लागूऔषध तथा मद्यपानकाे दुर्व्यसनलाई निरुत्साहित गर्न कार्यक्रम गरिएको जनाए । सहभागीमध्ये सगरमाथा गाेरखा नेपाली समाज आसफाेर्ड केन्टका वरिष्ठ उपाध्यक्ष डम्मर सिङ्गकले कार्यक्रम आफ्नो समुदायका लागि लाभदायक रहेकाे प्रतिक्रिया दिए । कार्यक्रममा आयाेजकबाट जितेन्द्र चेम्जोङकाे समेत उपस्थिति रहेको थियोे ।

सहभागीहरू ।

सन् १९९१ देखि फर्वार्ड ट्रस्टले केन्टकाे आसफाेर्ड, फाेक्सटाेन, क्यान्टरवरी, थानेत लगायतका ठाउँमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । राष्ट्रिय तथ्यांक कार्यालय बेलायतका अनुसार सन् २०२२ काे जूनसम्ममा १६ देखि ५९ वर्षसम्मका ३० लाख वयस्क र १६ देखि २४ वर्षसम्मका ११ लाख युवाहरूले कुनै पनि प्रकारको लागूपदार्थ प्रयाेग गरेको जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *