मातृभाषाहरूकाे सङ्गालाे ‘भुइँमान्छेका आवाज’ निस्कँदै

१२ जनवरी, दक्षिण काेरिया । मातृभाषामा लेखिएका कविताहरूकाे सङ्गालाे ‘भुइँमान्छेका आवाज’ सार्वजनिक हुने भएको छ । सङग्रहलाई आदिवासी जनजाति साहित्यकार/ लेखक महासङ्घ दक्षिण काेरियाले निकाल्न लागेको हाे ।

एक वर्षअघि २०२१ डिसेम्बर ५ मा भएको ‘मातृभाषा काव्य यात्रा’ मा प्रेषण र वाचन गरिएका विभित्र मातृभाषाहरूका कविता समावेश गरिएको महासङ्घका दक्षिण काेरिया संयाेजक  पराजित पाेमुले जनाए । सङ्ग्रहमा १६ मातृभाषाका चार दर्जन बढी कविताहरू छन् । सङ्ग्रहलाई पाेमुले सम्पादन गरेका छन् । भूमिका डा. तारालाल श्रेष्ठले लेखेका छन् ।

दक्षिण काेरियाकाे आउन लागेको ठूलो चाड सलनालकाे अवसर पारेर महासङ्घकाे तदर्थ समितिकाे महाधिवेशनसँगै पुस्तक विमाेचन हुनेछ । ‘मातृभाषा काव्य यात्रा-२०७७ मा १६ मातृभाषाका ५५ वटा कविता प्राप्त भई ४ घन्टा लामो समय अवधिमा सम्बन्धित कविबाटै वाचन समेत गरिएको थियो । जसमध्ये ५१ कविका कविताहरू समावेश छन् । तिनै वाचित कविता सङ्कलनलाई खसनेपाली भाषामा अनुवाद गरी सङ्ग्रहकाे रुप दिने प्रयास हाे याे पुस्तक,’ सम्पादक पाेमुले भने, ‘यसमा हामी सबै मातृभाषाका कवितालाई देवानगरी लिपिमै प्रस्तुत गरिएकाे छ । कारण प्रस्तुत अधिकांश भाषाकाे आफ्नै लिपि निर्माण र प्रयाेगकाे प्रचलन विकसित भइसकेकाे छैन । केही मातृभाषाकाे आफ्नै लिपि प्रयाेग परम्परा अत्यन्त समृद्ध रहे पनि ती भाषाका कवितालाई पनि हामीले यहाँ देवानगरी लिपिमै  प्रयुक्त गर्नु परेकाे छ ।’

महासङ्घले भनेको छ, ‘यसकाे लागि राज्यले व्यक्तिकाे दैनन्दिन कार्यव्यापारसँगै राज्यकाे कामकाजी माध्यमहरु शिक्षा, पठनपाठन, सञ्चारमाध्यम, अड्डाअदालतमा निवेदन, चिठ्ठी, अभिलेखाङ्कन आदि कार्यमा समेत सबै राष्ट्र भाषाकाे प्रयाेगलाई प्राेत्साहित गर्नुपर्ने हुन्छ ।  बोलचाल कमि आऊनु, राज्यका संयन्त्रबाट पठनपाठनमा ध्यान नदिनु पनि हुन् ।’

नेपालमा पछिलो तथ्याङ्यकअनुसार १२३ भन्दा  बढी भाषाहरु बाेलिन्छ, तीमध्ये अधिकांश भाषाहरु लाेप हुने अवस्थामा रहेका छन् ।

पुस्तक पोष्ट प्रेसमा छापिएको हाे । १७ सदस्यीय आदिवासी जनजाति लेखक/ साहित्यकार महासंघ दक्षिण काेरियाकाे गठन अन्तर्राष्ट्रिय मातृभाषा दिवसकाे अवसर पारेर २०२१ फेब्रुअरी २१ मा गठन भएको थियोे ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *