कक्फेकवा तङ्नामकाे अवसरमा ‘नाेइत्छाे’ सार्वजनिक

१३ जनवरी, काठमाडौँ । याक्थुङ लिम्बू भाषाको गीत ‘नोइत्छो’ को अडियो सार्वजनिक भएको छ । नोइत्छो अर्थात् खस नेपाली भाषामा ‘शुभकामना’ को शुक्रबार याक्थुङ फिल्म्स युटुब च्यानलद्वारा सार्वजनिक गरिएको हो ।

‘कुसङ तङ्बेरेन् नाेइ:त्छाेराे
कक्फेक्वा तङ्नामरेन् नाेइ:त्छाेराे’
(नयाँ वर्षको शुभकामना छ, माघे संक्रान्तिकाे शुभकामना छ ।)

माथिकाे गीत याक्थुङ फिल्म्सको निर्माणमा बनेको हाे । जसमा शब्द/संगीत सागर केरुङ, एरेन्ज मोनि ताम्लिङको रहेको छ भने गंगा फियाक र नोगेन लिम्बु हाङ्सरुम्बाले स्वर दिएका छन् । याक्थुङ लिम्बु जातिले मान्ने नयाँ वर्ष/येले तङ्वे ५०८३ र नयाँ वर्ष कुसङ तङ्बे माघ १ गते  कक्फेक्वा तङ्नाम(माघे सङ्क्रान्ति)को विषयमा बनाइको बताइएको छ । याक्थुङ लिम्बु भाषाको कुसङ तङ्बे नयाँ बर्ष र कक्फेवा तङ्नामको विषयमा निर्माण भएको यो पहिलो गीत हो ।

गीत सुन्नुहोस् :

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *