‘इच्छिङमा’ पा:लाम भिडियो सार्वजनिक

डिसेम्बर २८ । निदेशक तथा कोरियोग्राफर दिनेश माङमुको निर्देशनमा पालाम ‘इच्छिङमा’ सार्वजनिक गरिएको छ ।

शैलेन्द्र नाल्बोका शव्द तथा लय संकलनमा यासेली योङहाङको शव्द संयोजन रहेको पालाम ‘इच्छिङमा’मा गायक सुमन लिम्बू र गायीका निरन्ता नेम्बाङको आवाज रहेको छ ।

गायीका रोजीना थेगिम र गायक शिव सम्बाहाङफेको समेत आवाज रहेको पालम भिडियोमा पुष्पाञ्जली तिल्ल्ीङ, शैलेन्द्र नाल्बो, रुक्साना लिम्बू, रेखा लावती, दिपेन्द्र नाल्बो, मन बहादुर नाल्बो, एम.के. योङहाङ र विपन तावको अभिनय रहेको छ ।

बुद्ध थापा(एम.बी.ए.)को छायांकन, कृष्ण सुबेदीको मेकअप, राजेन्द्र मोत्तानको कलर रहेको पालाम भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

मनोज साङसोन राईको संगीत संयोजनमा स्टुडियो किङग्मा रेकर्ड गरिएको पालामको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

म्युजिक भिडियो हेर्न तल थिच्नुहाेस् –

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *