सुपरस्टार गायक राई उत्रिए हिथ्रो विमानस्थलमा, शुभेच्छुकहरुबाट भव्य स्वागत

९ नोभेम्बर, लन्डन । महागायकको उपाधि पाएका राजेशपायल राईको लन्डनको हिथ्रो विमानस्थलमा भव्य स्वागत भएको छ । बेलायतको साङ्गीतिक भ्रमणका क्रममा राई बुधबार बेलुकी लन्डन आइपुगेका बेला शुभेच्छुक र सञ्चारकर्मीहरूले स्वागत गरेका हुन् ।

गायक राईको यहीँ नोभेम्बर १२ तारिख शनिबारका दिन अल्डरसटमा बृहत् साङ्गीतिक कन्सर्ट हुँदैछ । किरात राई यायोक्खा बेलायतको आयोजनामा हुन लागरिहेको कन्सर्टमा राईले दुई दर्जनभन्दा बढी गीतहरू प्रस्तुत गर्ने कार्यक्रमका सहसंयोजक एवम् कलाकार गंगाराज राईले बताए । उनको स्वागतमा उनका अतिरिक्त किराया अध्यक्ष चन्द्र बहादुर राई, उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सुमनचन्द्र राई, उपाध्यक्ष दिल कुमार राई, महासचिव चन्द्रावती राई, प्रमुख सल्लाहकार पदम राई, सल्लाहकार एवम् गायकका बुवा रत्न राईसहित यायोक्खाका पदाधिकारी सदस्यहरू, शुभेच्छुकहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

अल्डरसटको एम्पायर हलमा हुने कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ । हल प्रवेशका लागि भने चार बजेबाट खुल्ला रहनेछ । अनुग्रह ज्वेलर्स र लेमन लिफ रेष्टुरेन्ट एन्ड बार मुख्य प्रायोजक रहेको कन्सर्टलाई दुई दर्जनभन्दा बढी प्रायोजकहरूले सहयोग गरेका छन् । गायक राईलाई साङ्गीतिक ब्यान्डले समेत साथ दिनेछ । जसमा लिड गिटारमा सरोज गुरूङ, बेसमा होइसर तामाङ, किबोर्डमा थिर थापा, तबलामा महेश गुरूङ, बाँसुरीमा इन्द्र गुरूङ, ढोलकमा रेशम पचे, ड्रममा प्रवेश गुरूङ र रिदममा विकल थापा रहेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *