फाेम्वाे ठूलीकाे निङ्वासुम ८ विमाेचन

१० नाेभेम्बर, काठमाडौं । बेलायतनिवासी याकथुङ लिम्बू भाषाका सर्जक रीता फाेम्बाे ठूलीले आफ्नोे नयाँ लाेकप्रिय गीति श्रङ्खला निङ्वासुमकाे नयाँ भाग सार्वजनिक गरेकी छिन् । बिहीबार ललितपुरमा एक कार्यक्रमबीच ठूलीले निङ्वासुम ८ मिम्जिरे पा:नहा? विमाेचन गरिन् ।

नखिपाेटस्थित एनएस सेकुवा घरमा बेलायत प्रस्थान गर्नुअघि भएको कार्यक्रममा गीतकाे म्युजिक भिडियो सार्वजनिक गरिएको थियोे । साे अवसरमा ठूली र लत्थिक् खापुङ(सूर्य)काे बिदाइ कार्यक्रम पनि राखिएको थियोे । कलाकार एवमस्तु संस्कृतिविद् यासेली याेङहाङले सञ्चालन गरेको कार्यक्रममा कलाकार, सँस्कृतिकर्मी, चुम्लुङकर्मी र शुभेच्छुकहरूकाे उपस्थिति रहेको थियो ।

हाक्पारे, पालाम, ख्याली लगायत याक्थुङ भाषाकाे गीत लेखन, गायन र भिडियो उत्पादनमा सक्रिय रहेकी रीता फाेम्वाे ठूली बेलायतको फार्नबराेमा सपरिवार बस्छिन् । निङ्वासुमकाे नयाँ भागमा फाेम्वाेकाे शब्द रचनामा गायक सुमन लिम्बु र दुर्गा तुम्साकाे स्वर रहेको छ । निर्देशक हाङ चेम्जोङले गायक जीवन केदेम र पुष्पाञ्जली तिल्लिङलाई अभिनयमा उतारेका छन् । काेरसमा केदेम र निरन्ता नेम्वाङकाे आवाज सुन्न सकिन्छ ।

गीतमा मनाेज राईले एरेञ्ज, राजु कार्कीले मास्टर र मिक्स, इशाक जवेगूले क्यामेरा, सुमन टिमले प्रकाश, सञ्जु थलङले श्रङ्गारमा काम गरेका छन् । गीत स्टुडियो किङमा रेकर्ड गरिएको हाे । गीतमा लय दुर्गा तुम्साले भरेकी छिन् ।

भिडियोमा दीप केरुङ, रीता फाेम्वाे, शैलेन्द्र नाल्वाे, सीता फाेम्वाे, रवि किरण, हरि कुमारी लिम्बु, ज्याेती कला, दुर्गामाया फाेम्वाे र कमल थेगिमहरूकाे अभिनय समेत रहेको छ । गीत रीता फाेम्वाे ठूलीकाे युट्युब च्यानलमा हेर्न र सुन्न सकिनेछ ।

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *