‘डा. गुरुङकाे निधनले आदिवासी आन्दोलनमा अपूरणीय क्षति भएको छ’ – आदिवासी अभियन्ताहरू

२९ अक्टोबर, लन्डन । आदिवासी जनजाति आन्दोलनका बाैद्धिक नेता एवम् अगुवा स्व. डा.ओम गुरुङको निधनले पहिचानको आन्दोलनमा अपूरणीय क्षति पुगेको आदिवासी अभियन्ताहरूले बताएका छन् । उनको अवसानले आदिवासी जनजातिकाे पहिचानको आन्दोलनमा रिक्तता कायम भएको उनीहरूले ठहर गरेका छन् ।

आदिवासी जनजातिजन्य सङ्गठनहरूकाे आयाेजनामा शनिबार बेलुकी भएको शाेकसभामा बाेल्दै प्रवासमा रहेका आदिवासी जनजाति नेतृत्व एवम् अगुवाहरूले डा.गुरुङको निधनले आदिवासी जनजाचि, उत्पीडित र उपेक्षित वर्ग भएको हाे । डा. गुरुङको ६८ वर्षको उमेरमा गत १७ नाेभेम्बर साेमबारका दिन ललितपुरमा उपचारका क्रममा निधन भएको थियाे ।

सभामा बाेल्दै नेफिन यूकेका पूर्व अध्यक्ष एवम् सल्लाहकार सिरी साम्यू लिम्बुले डा. गुरुङ मिलनसार र बाैद्धिक व्यक्तितब भएको स्मरण गरे । उनले १९ दिने जनान्दाेलन र पहिचानको आन्दोलनमा आफ्नो कार्यकालमा नजिकबाट सहकार्य गरेको बताए । उनले भूपू गाेरखा सैनिकहरूकाे आन्दोलनमा समेत अप्रत्यक्ष रूपमा बाैद्धिक तवरले याेगदान दिएको बताए ।

अर्का सल्लाहकार एवम् पूर्वअध्यक्ष तुल छन्त्यालले सबै समुदायहरू अधिकारका लागि एक भएर लागे सच्चा श्रद्धा हुने जनाए । त्यसैगरी, नेफिन बेल्जियम महासचिव पेम्बा गेलु शेर्पाले पहिचान र अधिकारको आन्दोलनमा डा. गुरुङपछि निरन्तरता दिनुपर्ने चुनाैती आएको धारणा राखे । नेफिन इजरायल महासचिव इन्दु लाओतीले आदिवासी समुदायहरू एकताबद्ध भएर जानुपर्नेमा जाेड दिइन् ।

सल्लाहकार एकिन्द्र गुरुङले बाैद्धिक र प्राज्ञिक व्यक्तित्व गुमाएको हुनाले गुरुङको निधनमा पीडाबाेध भएको सुनाए । उनले समाजशास्त्रीका रूपमा नेपालका धेरै जातिहरूकाे सूक्ष्म अध्ययन गरेको बताए । त्यस्तै, नेफिन सल्लाहकार एवम् किरात राई यायाेक्खा नेपालकी पूर्व अध्यक्ष डा. सुमाया राईले नेपालका आदिवासी जनजाति समुदायहरूलाई आफ्नो मुद्दामा सडकमा उराल्न महत्त्वपूर्ण याेगदान दिएको बताइन् । उनले १८ वर्षअघि काठमाडौंकाे रत्नपार्कमा विशाल सभा र शक्ति प्रदर्शन गरेपछि पहिचानको आन्दोलनमा सामाजिक सङ्ठगनहरू हाेमिएकाे जनाइन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा समेतको उपस्थिति रहेकाे उक्त सभापछि नेपालमा आदिवासी समुदायको चाडपर्वमा सार्वजनिक बिदा दिन र लाेकसेवा आयाेगमा समावेशीकरण सुरु भएको सम्झना गरिन् ।

यस्तै, नेफिन नेपालका पूर्व सचिव एवम् सल्लाहकार भक्त दुरा, सल्लाहकार एवम् पत्रकार दूत पुन, कियाचु काेषाध्यक्ष दीपेन्द्र यक्साे, फाेनिज यूके अध्यक्ष गाेमा राना मगर, आदिवासी जनजाति युवा महासङ्घ र आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ संयाेजक अमित थेवे, कियाचु इजरायल अध्यक्ष नुमा काङ्भा, युवा महासङ्घ उपाध्यक्ष रुद्र थापा मगर, नेफिन इजरायल सल्लाहकार नयन इम्सङ, समीर ह्याेल्माे, फाेनिज यूके पूर्व अध्यक्ष विश्वासदीप तिगेला, ज्ञाम गुरुङ लगायतले डा. ओम गुरुङकाे व्यक्तित्व र याेगदानबारे बाेलेका थिए ।

भर्चुअल शाेक सभामा उपस्थित आदिवासी नेतृत्व एवम् प्रतिनिधिहरू ।

नेपाल आदिवासी जनजाति महिला महासङ्घकी उपाध्यक्ष गङ्गा माया दुराले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । नेफिन यूके बरिष्ठ उपाध्यक्ष लीला सेलिङ माबाेले डा. गुरुङको जीवनी वाचन गरेकी थिइन् ।

अध्यक्ष कर्मा पहाडी शेर्पाकाे अध्यक्षता र महासचिव विमला सेने लिम्बुकाे सञ्चालनमा भएको सभा नेफिन यूकेसँगै फाेनिज यूके, नेपाल आदिवासी जनजाति महिला महासङ्घ यूके र आदिवासी जनजाति युवा महासङ्घ यूकेहरूले आयाेजना गरेको थियोे ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *