राष्ट्रिय कविता महाेत्सवका लागि दश कविहरू छनाेट

धरान, २९ अक्टाेबर । कवि विमल गुरुङ पुस्तकालय धरानले वर्षेनी आयाेजना गर्दै आएको राष्ट्रिय कविता महाेत्सवका लागि दश कवि र कविताहरू छनाेट भएका छन् । ३१ ओैँ राष्ट्रिय कविता महाेत्सवका लागि अन्तिम दश सर्जकहरू छनाेट भएका हुन् ।

छनाेट भएका कवि र कविताहरू ।

पुस्तकालयका अध्यक्ष पूर्ण बहादुर गुरुङले शनिबार एक विज्ञप्ति जारी गर्दै प्राप्त भएका कुल ६७ कविताहरूमध्ये अन्तिम दश छानिएको बताए । छानिएका कविहरूले यहीँ आउँदो कात्तिक १९ गते पुस्तकालयकाे स्थापना दिवस एवम् कवि विमल गुरुङको ५१ औँ जन्मजयन्तीका अवसरमा आयाेजना हुने ३१ औँ राष्ट्रिय कविता महोत्सवमा उपस्थित भएर कविता वाचन गर्नेछन् । तीमध्ये प्रथम हुनेलाई जनही रु. २१,०००, दाेस्राे हुनेलाई रु. १७,०००, तेस्रो हुनेलाई ११,००० र सान्त्वना हुनेलाई रू १०,००० सहित प्रमाणपत्र दिइनेछ ।

छनाेट परेका कवि र कविताहरूमा दार्जिलिङ घर भई हाल धरान बसाेबास गर्दै आएका विशाल नाल्वाेकाे ‘भारतगाउँ’, तेह्रथुमकी सीता तुम्खेवाकाे ‘राताे रुमाल’, माेरङका सराेज घिमिरेकाे ‘काेसेली’, माेरङका प्रदीप याेङहाङ लिम्बुकाे ‘स्ट्रेचरमै देश’, राेल्पाका युग सर्वनामकाे ‘आकाश र भाेका चिरिविरीहरू’, भाेजपुरकी कमला प्रधानकाे ‘म आमा जस्तै छु’, अछामका कमलराज केसीकाे ‘युगिन गीत’, काठमाडौंकी एलिसा ढुंगानाकाे ‘विमल-वृक्ष र अजम्बरी सपनाहरू’, काठमाडौंकी राधिका कल्पितकाे ‘पाेष्ट माेर्डन सिनेमा’ र माेरङका गगन यक्पाङ्देनका ‘बालक पवन हलुवाकाे दिनचर्या’ रहेका छन् ।

साेही दिन दुई लाख रूपैयाँ नगद राशी रहेको कवि विमल गुरुङ कृति पुरस्कार समेत प्रदान गरिनेछ । यस वर्षको पुरस्कार बेलायतनिवासी युद्ध साहित्यकार नरेश काङमाङ राईकाे कविता कृति ‘तेप्लायु’ लाई प्रदान गरिने घाेषणा भइसकेको छ ।

कवि विमल गुरुङको प्रतिमा ।

स्व. विमल गुरुङकाे जन्म वि.सं. २०२८ साल कात्तिक १९ गते हङकङमा भएको थियो । पूर्व ब्रिटिस गाेरखा सैनिक रहेका बुवा पूर्णबहादुर गुरुङ र आमा सरस्वती गुरुङका सुपुत्र गुरुङको २०४८ बैशाख २४ गते धादिङछेउकाे जूकेपानीकाे बस दुर्घटनामा परी अल्पायुमै निधन भएको थियोे । प्रगतिवादी धारका कवि विमल गुरुङले सानाे उमेरमै तीक्ष्ण राजनीतिक र सामाजिक चेत भएका सर्जकका रूपमा परिचय बनाएका थिए । उनकाे ‘आत्मघाेषणा’ र ‘स्व.विमल गुरुङका केही कविता’ कृति प्रकाशित छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *