डा. गुरुङको स्मृतिसभा यूकेमा शनिबार हुँदै

२९ अक्टोबर, लन्डन । आदिवासी जनजाति आन्दोलनका बाैद्धिक नेता एवम् अगुवा स्व. डा.ओम गुरुङको स्मृतिमा आज यूकेमा शाेकसभा हुँदैछ । आदिवासी जनजातिजन्य सङ्गठनहरूकाे आयाेजनामा शनिबार बेलुकी शाेकसभा हुने भएको हाे ।  डा. गुरुङको ६८ वर्षको उमेरमा गत १७ नाेभेम्बर साेमबारका दिन ललितपुरमा उपचारका क्रममा निधन भएको थियाे ।

नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व महासचिव डा. गुरुङ क्यान्सर राेगबाट पीडित थिए । उनी त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका गुरुङ १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख भएका थिए । उनको जन्म २०११ माघ २९ मा बागलुङको ताराखोलामा भएको थियो । १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका थिए । गुरुङको श्रीमती, १ छोरा र २ छोरी छन् ।

डा. गुरुङकाे स्मृतिमा सभा बेलायतको समयअनुसार बेलुकी ७ बजे भर्चुअल रूपमा जूममार्फत हुँदैछ । सभालाई नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन) यूके, नेपाल आदिवासी जनजाति महिला महासङ्घ यूके, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फाेनिज) यूके र आदिवासी जनजाति युवा महासङ्घ, यूकेले संयुक्त रूपमा आयाेजना गर्दैछ । डा. गुरुङकाे निधनप्रति दु:ख व्यक्त गर्दै एक उनी ‘थिङ्क ट्याङ्कर’ भएको नेफिन यूके अध्यक्ष कर्मा पहाडी शेर्पाले बताए । सभामा सहभागी हुन देश विदेशका सम्पूर्ण संघसंस्था र व्यक्तित्वहरूलाई आग्रह गरिएको फाेनिज यूकेकी अध्यक्ष गाेमा रानाले जनाइन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *