ग्रेटर लन्डन चुम्लुङकाे बलिहाङ तङ्नाम भव्य रूपमा सम्पन्न

२९ अक्टोबर, लन्डन । लन्डनमा बसोबास गर्ने याक्थुङ लिम्बु समुदायले बलिहाङ तङनाम भव्य रुपमा मनाएको छ । शनिवार किरात याक्थुङ चुम्लुङ, ग्रेटर लन्डनको आयाेजनामा सटवरीमा याक्थुङ लिम्बु समुदायले विविध कार्यक्रम गर्दै यस वर्षको बलिहाङ तङ्नाम मनाएका छन् ।

सडबरी हिलकाे लन्डन पाेष्ट अफिसमा खचाखच भरिएको कार्यक्रम कियाचु यूकेकी केन्द्रीय उपाध्यक्ष अमृता पालुङ्वाकाे प्रमुख आतिथ्यमा भएको थियोे । उनले साँस्कृतिक चाडपर्वले एकताको सन्देश दिएसँगै सँस्कृति जगेर्नाका लागि उर्जा दिने बताइन् ।

उक्त अवसरमा गत सिसेक्पा तङ्नाममा आयोजना भएको या?लाङ(धान नाच) प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने ग्रेटर लन्डनका कलाकारहरू र केलाङ(च्याब्रुङ नाच) मा सहभागी हुने कलाकारहरूलाई सम्मान गरिएकाे थियोे । त्यस्तै, उच्च शिक्षा हासिल गर्ने विद्यार्थी र ज्येष्ठ नागरिकहरूलाई पनि सम्मान गरिएकाे कार्यक्रमका सभापति एवम् शाखा अध्यक्ष देव आङबुहाङले बताए । सचिव विमला लिम्बुले सञ्चालन गरेकी कार्यक्रममा चर्चित गायक ब्रबिम शेर्माले साङ्गीतिक प्रस्तुति दिएका थिए । उनले आधा दर्जन जति याक्थुङ भाषाका गीतहरू गाए । कार्यक्रममा हाक्पारे, पा:लाम लगायत याक्थुङ लिम्बु समुदायका साँस्कृतिक गायन र नृत्यहरू पनि देखाइएकाे थियोे । लारिङ्गेक नाम्लिङ्गेकसँगै केलाङ(च्याब्रुङ नृत्य) ले कार्यक्रमकाे राैनक बढाएको थियोे ।

कार्यक्रममा शाखाका मानार्थ सदस्यहरू एवम् कियाचु यूकेकी सल्लाहकार नरकुमारी वनेम र कियाचु यूकेकी पूर्व उपाध्यक्ष कमला सेन्दाङ, कियाचु यूके सहकाेषाध्यक्ष नर सवेन्हिम, मगर संघ लन्डनका अध्यक्ष गञ्जा आले, तमु समाजका अध्यक्ष शिवकुमार गुरूङ र किरात राई यायोक्खा लन्डनका सचिव किरण राई लगायतका अतिथिहरूकाे उपस्थिति रहेको थियो ।

साँस्कृतिक कार्यक्रम प्रेम सुहाङ र टेक सुहाङले सञ्चालन गरेका थिए भने राफल ड्र खेलाउने कार्य कल्पना आङबुहाङ र नरेन्द्र आङबुहाङले गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष पदम याेङहाङले दिए भने सुरक्षासम्बन्धी आवश्यक जानकारी काेषाध्यक्ष राजेन्द्र नाल्वाेले राखे ।

कार्यक्रममा सहभागीहरू ।

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *