चुम्लुङ ग्रेटर लन्डनकाे बलिहाङ तङ्नाम शनिबार हुँदै

२९ अक्टोबर, लन्डन । किरात याक्थुङ चुम्लुङ यूके, ग्रेटर लन्डनले यस वर्षको बलिहाङ तङ्नाम भव्य रूपमा मनाउने भएको छ । याक्थुङ लिम्बु समुदायले मनाउँदै आइरहेको पर्वहरूमध्येकाे एक बलिहाङ तङ्नामकाे अवसरमा चुम्लुङकाे ग्रेटर लन्डन शाखाले साँस्कृतिक कार्यक्रम गर्दै अक्टोबर २९ शनिबारका दिन तङ्नाम मनाउने भएको हाे ।

आज शनिबार सडबरी हिलकाे लन्डन पाेष्ट अफिसमा हुने ‘बलिहाङ तङ्नाम साँस्कृतिक कार्यक्रम २०२२’ कियाचु यूकेकी केन्द्रीय उपाध्यक्ष अमृता पालुङ्वाकाे प्रमुख आतिथ्यमा हुने सचिव विमला लिम्बुले जनाइन् । साँस्कृतिक साँझलाई चर्चित गायक ब्रबिम शेर्माकाे साङ्गीतिक प्रस्तुति रहन्छ । साे क्रममा लारिङ्गेक नाम्लिङ्गेक(देउसी) कार्यक्रम पनि आयोजना गरिनेछ ।

उक्त अवसरमा गत सिसेक्पा तङ्नाममा आयोजना भएको या?लाङ(धान नाच) प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने ग्रेटर लन्डनका कलाकारहरू र केलाङ(च्याब्रुङ नाच) मा सहभागी हुने कलाकारहरूलाई सम्मान गरिनेछ । त्यस्तै, उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई पनि सम्मान गर्ने अध्यक्ष देव आङबुहाङले बताए । दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा राफल ड्र पनि खेलाइनेछ । कार्यक्रममा हाक्पारे, पा:लाम लगायत याक्थुङ लिम्बु समुदायका साँस्कृतिक गायन र नृत्यहरू पनि देखाइनेछ ।

कार्यक्रमकाे प्रचारात्मक पाेष्टर ।

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *