युमा साम्याे महासभा यूके अध्यक्षमा पालुङ्वा

२४ अक्टोबर, केन्ट । युमा साम्याे महासभा यूकेकाे अध्यक्षमा दिल पालुङ्वा ‘युमाहाङ’ निर्वाचित भएका छन् । महासभाकाे दाेस्राे महाधिवेशनले पालुङ्वालाई अध्यक्षमा निर्वाचित गरेको हाे । युमा धर्मावलम्बीहरूकाे साझा संस्थाका रूपमा रहेको महासभा यूकेकाे महाधिवेशन केन्टकाे आसफाेर्डमा सम्पन्न भएकाे थियो ।

युमासाम् उमा नुगाे लिम्बुकाे प्रमुख आतिथ्यमा भए महाधिवेशनले पालुङ्वाकाे अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको छ । उपाध्यक्षहरूमा हरिभक्त आङबुहाङ, सरला याेङहाङ काम्वाङ र दुर्गा पाङ्मा, महासचिवमा तारा कन्दङ्वा, सचिवमा अमित थेवे, सहसचिवमा सानु सुब्बा, अर्थसचिवमा जय मादेम्बा, सहअर्थसचिवमा कमल अन्छङ्वाे,  मिडिया सचिवमा लाहाङ चेम्जोङ, साँस्कृतिक विभाग सचिवमा मान तबेबुङ रहेका छन् । यस्तै, सदस्यहरूमा देउमान माङ्देन, टिकाराम सम्बाहाङ्फे, चन्द्रा आङबुहाङ र राजकुमारी लिम्बु रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी सदस्यहरूलाई निर्वाचन आयुक्त डम्मर सिङ्गकले पद तथा गाेपनीयताकाे सपथ ग्रहण गराएका थिए । महाधिवेशन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन मण्डलकाे गठन गरिएको थियोे । जसको संयाेजकमा डम्मर सिङ्गक र सदस्यहरूमा छत्र वनेम र नरेन्द्र माबाेहाङ रहेका थिए ।

बेलायतका विभिन्न क्षेत्रहरूबाट सय जना बढी प्रतिनिधि पर्यवेक्षकहरू उपस्थित रहेका थिए । केन्टकाे आसफाेर्डमा भएको महाधिवेशन भइरहेकाे युमा साम्याे महासभा यूकेका निवर्तमान अध्यक्ष टङ्क वनेमकाे अध्यक्षतामा भएको थियोे । महासभा यूके स्थापना सन् २०१८ काे डिसेम्बरमा भएको थियाे । पहिलो महाधिवेशन सन् २०१९ जून १५ मा आसफाेर्डमै सम्पन्न भएको थियोे ।  महाधिवेशनमा दिन याक्थुङ पहिचान र युमा धर्मकाे प्रचारप्रसार र प्रबर्द्धनमा विशेष भूमिका निर्वाह पुर्‍याउने र याेगदान दिने व्यक्तित्वहरूलाई समेत सम्मान गरिएकाे छ । याक्थुङ पहिचान, मुन्धुम, इतिहासका क्षेत्रमा सामाजिक क्षेत्र र प्रचारप्रसार प्रकाशनका माध्यमबाट याेगदान दिएबापत सम्मानित हुनेहरूमा लाेकेन्द्र तबेबुङ, नरेन्द्र माबाेहाङ, दिलसिङ मेन्याङ्वाे, मान माबाेहाङ, अमित थेवे, दिल पालुङ्वा रहेका छन् । यूकेमा केलाङ सँस्कृतिकाे संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने आसफाेर्ड केलाङ समूहलाई समेत सम्मान गरिएको महासचिव तारा कन्दङ्वाले बताए । महाधिवेशनमा जातीय र सामाजिक संघसंस्थाका प्रमुख र प्रतिनिधिहरूकाे समेत उपस्थिति रहेको छ । साे अवसरमा दिल पालुङ्वाद्वारा लिखित ‘याक्थुङ लाजे (लिम्बुवान) पुनःस्थापनाकाे बाटाे’ पुस्तक लाेकार्पण गरिएको थियोे ।

यसअघि, सर्वाेच्च शक्ति युमामाङकाे कलशमा दीप प्रज्ज्वलन गर्दै मुख्य अतिथि उमा लिम्बु र यूके अध्यक्ष वनेमले महाधिवेशनकाे उद्घाटन गरेका थिए । साे अवसरमा याक्थुङ लिम्बु जातिको परम्परागत केलाङ(च्याब्रुङ नृत्य) समेत प्रस्तुत गरिएको थियोे ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *