प्रधानमन्त्री लिज स्ट्रसद्वारा पदबाट राजीनामा

लन्डन, २० अक्टाेबर ।  बेलायती प्रधानमन्त्री लिज ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छन् । उनले कन्जरभेटिभ पार्टीको नेता पदबाट समेत राजीनामा दिएको घोषणा गरिन् । उनी प्रधानमन्त्री भएको ४५ दिनमा राजीनामा घाेषणा गरेकी हुन् ।

ट्रसले नयाँ प्रधानमन्त्री र कन्जरभेटिभ नेताको चुनाव अर्को हप्ता हुने बताइन् । उही समयमा, बेलायतको विपक्षी लेबर नेता किर स्टिमरले अब आम चुनावको माग गरेका छन् । यसअघि सरकारका एक वरिष्ठ मन्त्रीको श्रृङ्खलाबद्ध राजीनामा र तल्लो सदनका सदस्यहरूको चर्को आलोचनापछि ट्रस पदमा कायम रहनेमा शंका उत्पन्न भएको थियो ।

गत महिना सरकारले आर्थिक योजना प्रस्तुत गर्‍यो ।  जसको असफलताले आर्थिक संकट र राजनीतिक संकट निम्त्याएकाे थियो । यसपछि, अर्थमन्त्री परिवर्तनबाहेक, ट्रसले आफ्ना धेरै नीतिहरू उल्टाउनु परेको थियो । साथै उनको कार्यकालमा सत्तारुढ कन्जरभेटिभ पार्टीमा अनुशासनहीनता बढेको थियो ।

कन्जरभेटिभ पार्टीका धेरै नेताहरूले ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताउँदै आएका थिए । तर, उनले राजीनामा नदिने बताउँदै आएकी थिइन् । कन्जरभेटिभ पार्टीका सांसद साइमन होरेले सरकार अव्यवस्थित भएको बताएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *