अमेरिकानिवासी याक्थुङहरूले तेह्रथुममा दिए छात्रवृत्ति

अमेरिकानिवासी याक्थुङहरूले तेह्रथुममा दिए छात्रवृत्ति

१५ फेब्रुअरी, न्यूयाेर्क । संयुक्त राज्य अमेरिकामा रहेकम याक्थुङ लिम्बु समुदायको एक समूहले नेपालमा छात्रवृत्ति वितरण गरेको छ । ‘हाम्रो साथ हाम्रैको लागि’ समूहले तेह्रथुममा विद्यार्थीहरूका लागि छात्रवृत्ति र पाेशाक वितरण गरेको छ ।

समूहका सदस्य वन्दना तुम्बाहाङ्फेकाे विशेष पहलमा एक लाख ६७ हजार ७२५ रूपैयाँ बराबरकाे सहयोग तेह्रथुमको साब्ला-९ म्याङ्लुङकाे नारायण माध्यमिक विद्यालयमा गरिएको हाे । जसअनुसार साे विद्यालयका कक्षा १० की जाेनिसा लिम्बु र कक्षा ९ की उमादेवी फुदाेङलाई जनही ५१,००० रूपैयाँकाे छात्रवृत्ति उपलब्ध गराइएको छ । त्यस्तै, ११० विद्यार्थीहरूलाई पनि गत माघ १२ गते स्वेटर वितरण गरिएको समूहका संस्थापक दीपक थेवेले जनाए ।

नेपालमा रहेका जेहेन्दार, परिश्रमी तर न्यून आय भएका याक्थुङ लिम्बुहरुलाई हौसलास्वरुप समूहले सहयोग गर्दै आएको थेवेले जनाए । जसअनुसार हरेक वर्ष एकजना लिम्बुलाई वितरण गरिनेछ I यसका लागि निश्चित अवधिमा प्रत्येक सदस्यहरूबाट मासिक रकम संकलन गरिँदै आएको छ ।

कार्यसमितिमा सल्लाहकारहरू प्रेम मेन्याङ्वाे, विष्णु चोङवाङ, निर्णायक पी के थक्लुङ, संयाेजक दिपक थेवे, निर्णायक हिक्मत आङ्बुहाङ, काेषाध्यक्ष ,विमल चेम्जोङ रहेका छन् । यस वर्षका सहयोगीहरूमा बुद्ध चेम्जोङ, रेमोस अधिकारी, पिके थक्लुङ, लोक चेम्जोङ, निरु थेवे, पूर्ण थेवे, दिपक थेवे, विमल चेम्जोङ्,बन्दना तुम्बहाङ्फे, हिक्मत् आङ्बुहाङ, सूर्य थेवे, वीरेन्द्रहाङ लाबुङ, सरस्वती कन्दङ्वा, इन्दिरा चोङ्बाङ, प्रेम मेन्याङ्वाे रहेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *