युमा साम्याे हङकङमा पुनः माखिम आए

१९ जनवरी, हङकङ । युमा धर्मावलम्बीहरूकाे साझा सङ्गठन युमा साम्याे महासभाकाे पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले टीका माखिम ‘फुङ्लेप्’ लाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ ।

याक्थुङ लिम्बु समुदायको महान् पर्व कक्फेक्वा तङ्नामकाे अवसरमा गत जनवरी १५ तारिखमा जाेर्डन सहरस्थित ब्लु ओसन रेष्टुरेन्टमा भएको अधिवेशनले नयाँ कार्य समिति समेत चयन गरेको छ । समितिकाे उपाध्यक्षमा गीता पालुङ्वा, सचिवमा महेन्द्र लुम्फुङ्वा, उपसचिवमा विक्रम मादेन, कोषाध्यक्षमा कुमार हुक्पा चोङवाङ, सहकोषाध्यक्षमा विक्रम ताम्लिङ छन् । सदस्यहरूमा विमला तुम्खेवा, माया खापुङ, माया सिरेङ चोङवाङ, सारी लिम्बु, डम्मर ताप्मादेन, अमिर लिम्बु, भिम थलङ र हर्कजंग साम्बा रहेका छन् ।

अधिवेशनकाे निर्वाचन मण्डलमा नवीन सुहाङ, डाेलमान लुम्फुङ्वा र विक्रम मादेन रहेका थिए । नवनिर्वाचित अध्यक्ष माखिमले अन्य इच्छुक युमा साम्योप्रेमी याक्थुङ्वा याक्थुङ्माहरूलाई क्रमशः समेट्दै लाने बताए ।

युमा साम्याे महासभा नेपालकाे स्थापना सन् २०१८ फेब्रुअरीमा भएको थियोे । अन्तर्राष्ट्रिय समन्वय समिति भने सन् २०१९ मा गठन भएको थियोे । महासभा हङकङ, ब्रुनाई, सिङ्गापुर, यूके, मलेसिया, साउदी अरब, कतार, कुवेत, साइप्रस, जर्मनी लगायत दर्जन मुलुकहरूमा सङ्ठित अवस्थामा सक्रिय छन् । महासभाले याक्थुङ लिम्बु समुदायको परम्परागत र आदिम धर्म युमा धर्म भएको भन्दै आवाज उठाउँदै आएका छन् । गत वर्ष भएको राष्ट्रिय जनगणनामा पचास हजारदेखि एक लाखसम्मले युमा धर्म लेखेको अभियन्ताहरूले दाबी गर्दै आएका छन् । याक्थुङ समुदाय जीवन पद्धति सञ्चालनका लागि मुन्धुमलाई आफ्नो मूल मार्गदर्शन मान्दै आएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *