नेपाल पत्रकार महासङ्घ यूकेकाे साधारणसभा सम्पन्न

१९ जनवरी, अल्डरसट । नेपाल पत्रकार महासंघ यूके शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत सन १५ जनवरी का दिन बेलायतको अल्डरसटमा नेपाल पत्रकार महासंघ
यूकेकाे वार्षिक साधारणसभा सम्पन्न भएको हाे ।

शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न
साधारणसभामा शाखाका संरक्षक, सल्लाहकार, केन्द्रीय प्रतिनिधि, कार्यसमितिका पदाधिकारी एवम् साधारण सदस्यहरुले भौतिक एवम् भर्चुअल दुवै माध्यमबाट सहभागिता जनाएका थिए ।

त्यस अवसरमा शाखाका नीति तथा कार्यक्रमहरु सम्बन्धमा विभिन्न एजेन्डाहरु व्यापक छलफलपछि पारित गरिएको छ ।
साधारणसभाले महासचिव नरेन्द्र बस्नेतको वार्षिक प्रतिवेदन र कोषाध्यक्षएसके गुरुङको आर्थिक प्रतिवेदन सुझावसहित सर्वसम्मतिले पारित गरेको छ ।

नेपालमा आइतबार भएको विमान दुर्घटनामा निधन हुने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलसहित सम्पूर्ण मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शाखाले एक शोक प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, साधारणसभाले नेपाल पत्रकार महासंघ यूके शाखाको सदस्यता वितरण तत्काल खुला गर्न कार्यसमितिलाई सुझाव दिने निर्णय गरेको छ । शाखाले परोपकारमूलक कार्यको लागि कोष संकलनार्थ यही वर्ष एक च्यारिटी कार्यक्रमको आयोजना गर्ने पनि निर्णय गरिएको छ । महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिनेश परियारले स्वागत र उपाध्यक्ष शिव भन्डारीले धन्यवाद मन्तव्य दिएका
थिए ।

साधारणसभामा शाखाका संस्थापक अध्यक्ष एवम् संरक्षक नवीन पोखरेल, पूर्वअध्यक्ष एवम् संरक्षक चिरन शर्मा, निवर्तमान अध्यक्ष एवम् संरक्षक नरेश खपांगीमगर, संरक्षकहरु विपीन निरौला, भगिरथ योगी र श्याम लुईटेल, संरक्षक एवम् केन्द्रीय प्रतिनिधि विमला सेने, केन्द्रीय प्रतिनिधि विश्वासदीप तिगेला, महासंघ केन्द्रको अन्तर्राष्ट्रिय सम्वन्ध विभाग सदस्यहरु सञ्जयभक्त कंडेल र डा जगन कार्की, सल्लाहकार दूतबहादुर पुन, लिलामान शेरपुञ्जा र पूर्णबहादुर गुरुङको सहभागिता थियो ।

त्यस्तै, कार्यसमितिका सचिवहरु खेमराज रानाभाट र मञ्जु भन्डारी, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम, सदस्यहरु गोमा राना, जय तामाङ, वाचस्पति रेग्मी, बम थापा, साधारण सदस्यहरु जमुना पुन, जीवन सेन र पर्यवेक्षकका रुपमा पत्रकारहरु देवी गौतम र प्रकाश गुरुङ समेतले साधारणसभामा भाग लिएका
थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *