बाग्मती प्रदेशका निवर्तमान मन्त्रीलाई खोज्दै बेलायती अध्यागमन अधिकारी

१३ जनवरी, लन्डन । भर्खरमात्र प्रदेश मन्त्रीको पद गुमाएका बलराम पौडेल बेलायतको अध्यागमन प्रहरीको निगरानीमा परेका छन् ।

बाग्मती प्रदेश सरकारका निवर्तमान भूमि व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेल र उनकी धर्मपत्नीले नक्कली कागजात राखेर बेलायत घुम्न आएको पत्ता लागेपछि उनीहरु अध्यागमन अधिकारीको खोजीमा रहेका श्रोतले दावी गरेको छ ।

 

प्रेषित पत्र ।

 

एनआरएनए यूकेले जुन कार्यक्रमका लागि बोलाएको थियो, त्यो कार्यक्रम सकिइसकेको र आमन्त्रित अतिथीले प्रायोजकको मर्यादा समेत भुलेर अवैधानिक समूहको पक्षपोषण गर्न लागेको थाहा पाएपछि एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले उनीहरुको भिसा आवेदन रद्द गरिदिन २६ अगस्ट २०२२ मा दिल्लीस्थित ब्रिटिश हाइकमिसनलाई पत्राचार गरेका थिए ।

जवाफमा ब्रिटिश हाइकमिसनले उनीहरुलाई अरु कुनै कार्यक्रममा बोलाउने भए पुनर्विचार गर्ने बताउंदा गाहामगरले अहिले त्यस्तो कुनै कार्यक्रम नभएको बताएका थिए ।

तर, पौडेल दम्पतिले एनआरएनए यूकेको नाममा एउटा समूहले अवैधानिक तवरबाट गत १८ अक्टोबरमा गरेको कार्यक्रमका लागि भन्दै सुनिलबाबु खड्का र नारायण कंडेलको सहयोगमा नक्कली कागजात राखेर उनीहरु तीन साताअघि बेलायत उत्रिएपछि ‘बोर्डर फोर्स टर्मिनल ४’ लाई खवर गरेर पौडेल दम्पत्तिलाई डिपोर्ट गर्ने प्रक्रिया बढाइएको श्रोतले बतायो ।

बेलायतमा नक्कली कागजात राखेर आवेदन दिएको प्रमाणित भए सरकारले १० वर्षसम्म यहां आउन प्रतिवन्ध लगाउन सक्छ ।

पौडेल बेलायतको नेपाली समाज विभाजनमा उद्दत रहेको भन्दै उनलाई फिर्ता पठाउन लागिएको हो ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले गत ३ जुलाइ २०२२ मा ब्रिटिश हाइ कमिसनलाई सम्बोधन गर्दै मन्त्री पौडेल र उनकी श्रीमति कृष्णकुमारी पौडेललाई आफ्नो संस्थाले प्रायोजन गरि निमन्त्रणा गरेकाले भिसा दिन अनुरोध गरेका थिए ।

गत ६ अगष्ट २०२२ मा निर्धारित संघको वार्षिक साधारणसभामा पौडेल दम्पतिलाई बोलाइएको थियो । कभरिङ लेटरमा उनीहरु ४ अगष्टमा लन्डन आइपुग्ने र ११ अगष्टमा फर्कने जनाइएको थियो । तर पौडेलले मुख्य प्रायोजकको विरुद्ध लागेर अर्को अवैधानिक समूहको पक्षपोषणमा लागेका थिए ।

लन्डन आएपछि पनि पौडेल दम्पति एनआरएनए यूकेबाट वर्खास्त भएका उपाध्यक्ष सुनिलबाबु खड्काको समूहले गरेको कार्यक्रममा सहभागी भएका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *