साहित्यिक पत्रिका रचना र म्युजिक भिडियाे सार्वजनिक

६ जनवरी, बेलबारी । साहित्यिक रचना पत्रिका बेलबारी विशेषाङ्क र बालक गुरुङद्वारा रचित गितकाे म्युजिक भिडियाेकाे एक कार्यक्रमकाेकच सार्वजनिक गरिएकाे छ ।

शुक्रबार बेलबारी नगरपालिकाकाे सभा हलमा एक कार्यक्रमका बीच रचना पत्रिका बेलबारी विशेषाङ्क र बालक गुरुङद्वारा रचित गीतकाे म्युजिक भिडियाेकाे सार्वजनिकीकरण प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले गरेका हन्,। भएकाे हाे । कार्यक्रममा बाेल्नु हुँदै प्रमुख अतिथि राईले बेलबारीकाे भाषा, साहित्य र संगितकाे क्षेत्रमा एउटा विशिष्ट कार्य भएकाे बताउनुभयाे । बेलबारीकाे भाषा, साहित्य, कला, सँस्कृतिकाे अनुसन्धान, संरक्षण र प्रवर्धनका लागि बेलबारी प्रज्ञा प्रतिष्ठानकाे गठन भएकाले साेहि क्षेत्रमा उत्कृष्ट कार्य हुने अपेक्षा गरे ।

“रचना” पत्रीकामा ४८ जना बेलबारीका सर्जकहरुद्वारा लेखिएको लेख रचनाहरु समावेश गरिएको रचना साहित्यिक पत्रीका बेलबारी विशेषाङ्क १७९ का सम्पादक ईरान राईले जानकारी दिए । विगत ६२ वर्ष देखी भाषा तथा साहित्यको प्रवर्धन गरिरहेको दुई महिने साहित्यिक पत्रीका “रचना” को प्रधान सम्पादक रोचक घिमिरे रहनु भएकाे छ ।त्यस्तै बालक गुरुङको “मोरङ जिल्ला बेलबारी नगर” बोलको गीतमा राजेश पायल राईको स्वर रहेको छ भने भिडियो गीतमा बेलबारीको समग्र विषय वस्तुहरुलाई समेटिएको छ ।

बेलबारी प्रज्ञा प्रतिष्ठानकाे आयाेजनामा भएकाे कार्यक्रममा विशिष्ट अतिथि रचना द्वैमासिक पत्रिकाका प्रधान सम्पादक राेचक घिमिरे, वरिष्ट साहित्यकारुुेर्व संसद हर्कमान तामाङ, संविधानसभा सदस्य तथा साहित्यकार मधु गुरुङ, साहित्यकार तथा अन्वेषक अनिल पाैडेल विशिष्ट अतिथि रहेका थिए । त्यस्तै वरिष्ठ साहित्कार ईरानरा ई, स्रष्टा समाज, बेलबारीका अध्यक्ष जेवी थुलुङ, बेलबारी साहित्य विकास समितिका अध्यक्ष तिला लेकाली, गीतकार बालक गुरुङले समेत मन्तव्य राखेका थिए । बेलबारी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी राईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत तथा कार्यक्रमकाे ओैचित्यबारे उपाध्यक्ष अजितकुमार धिमाल, धन्यवाद ज्ञापन उपाध्यक्ष हिमांशु राय र सचिव कुलप्रसाद बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *