इमानसिंको इमान र बैमान (इमानसिंलाई कांग्रेसीहरुले लिम्बुवानको किपट हरण गर्ने हतियार बनाए)

✍️ कृष्णकुमार हेम्ब्या

सन्दर्भः इमानसिंह चेम्जङ १२० औं जन्मजयन्ती

◾️केही किस्साहरु
– इमानसिं भारतीय नागरिक र क्रिश्चियन धर्म मान्थे ।
– इमानसिंको बाबु र नाती हानसिंका जेठा छोराको नाम एउटै छः मेघवरसिं ।
– इमानसिंले भारत, सुखिम र नेपालगरी तीन देशको सरकारी जागिरे ।
– इमानसिं याक्थुङ लिम्बू भाषामा बोल्दैन थिए तर नेपाली, अंग्रेजी, हिन्दि, बंगाली, लेप्चा भाषाका ज्ञाता ।
– इमानसिं १५ सालको संसदीय चुनावमा आफ्नै उपाध्यक्ष (लिम्बुवान सुधार संघ) गणेशप्रसाद रिजालसँग पराजित ।

◾️आरोप
याक्थुङ लिम्बूः हाम्रो समुदायलाई जबरजस्ती किरात बनाए । यही कारण लिम्बुवान आन्दोलन कमजोर भएको । हाम्रो पूर्खा र सभ्यतामा किरातसँग कुनै सम्बन्ध छैन ।

राईहरु भन्छनः लिम्बूहरुको बारेमा मात्र लेखेर हामीलाई अन्याय गरे ।

किरातविद इमानसिंह चेम्जङ वि.सं. १९६१—२०३३
सायद कुनै एक बंगाली शिक्षकले ‘किरातीहरु जंगली हुन्छन्’ भनेको कालिम्पोङ रिङ्केबुङ गाउँको एउटा स्थानीय विद्यालयका लिम्बू बालकको कानमा पर्‍यो । उनले तुरन्तै घरमा जानकारी गराए । हामी आफ्नै भाषा, लिपि, राज्यसमेत भएका एक सभ्य र ऐतिहासिक तथा विशिष्ट जाति भएको फेहरिस्त सुनाउदै उनका बाबुले सिरिजंगा लिपिमा लेखिएको एउटा हस्तलिखित ग्रन्थ हातमा थमाए । यही सानो घटनाले गर्दा हराउनै लागेको किरातहरुको भाषा, लिपि, संस्कृति, साहित्य, इतिहासलाई खोतलेर जीवन्त बनाउने ‘किरातोलोजिस्ट’ हुन्, इमानसिंह चेम्जङ ।

लिम्बूका मात्र नभई समग्र किरात समुदायको सर्वाधिक चर्चा र गौरवका महानपुरुष हुन इमानसिंह चेम्जङ । यद्यपि लिम्बू वाहेकका अन्य किरात वन्धुहरु उनको योगदानको सम्मान गर्न कन्जुस्याइँ गर्छन् । यथार्थ के हो भने चेम्जङले किरात समुदायको प्राचिन इतिहास, भाषा, धर्म, संस्कृति, साहित्य, लिपि, अनुसन्धान गरेर पुस्तकको रुपमा नल्याएका भए सिंगो किरात समुदाय पहिचानविहिन अवस्थामा हुने थिए ।

इमानसिंह चेम्जङको जन्म बाबु मेघवरसिंह र आमा दावापुहाङमाको काखमा १ जनवरी १९०४ कालिम्पोङमा भएको थियो । उनको पुख्र्यौली घर पान्थर आङसाराङ हो । उनका पुर्खा विदेसिनुको कथा निकै पीडाजनक छ । बाजे तत्कालीन राईलिम्बू भैरवनाथ पल्टनका सुवेदार थिए । जंगबहादुरको शेषपछि उनका भाइभतिजहरुले यो पल्टनको छिन्नभिन्न गरी अधिकृतहरुलाई पक्रिन थालेपछि उनका बाजे वाध्य भइ नेपाल छाडे । स्थानीय विद्यालयमा म्याट्रिक गरेर उच्च शिक्षाका लागि कलकत्ताको सेण्ट जेभिएर कलेजमा भर्ना भएर विएको परिक्षा दिन नपाउदै बाबुको देहवासनपछि उनले अध्ययानलाई रोक्नु परेको थियो ।

सन् १९२५ जुलाई २६ को डोङ्ग्रा वस्ती कालिम्पोङमा प्रवासी नेपालीहरुको पहलमा ‘याक्थुङ चुम्लुङ’ नामक संस्था स्थपना भयो । भरखरै टीनएज पार गरेका चेम्जङले दुईवटा सिरिजङगामा लेखिएको पाण्डुलिपि चुम्लुङमा प्रस्तुत गर्दै सबैले यो पढ्नुपर्ने प्रस्ताव पारित गराएपछि उनले सक्रिय समाज सेवामा हात हालेको देखिन्छ । त्यसपछि दार्जिलिङ, सुक्खिम, भोटाङ, नेपाल, खार्साङ लिम्बू बस्तीहरुमा घुमेर सिरिजंगा लिपि तथा अन्य किरातसँग सम्बन्धित दस्तावेजहरु संकलमा लागे । सन् १९२८ तिरै अर्का सिरिजंगा लिपिका अभियन्ता सुवेदार बाजवीर थलङसंग भेट भएपछि दुईजना मिलेर ‘तुम् याक्थुङ साप्ला’ निकाले । सुक्खिमका अर्का भाषाविद पदमसिंह मुरिङलाका अनुसार त्यो पुस्तक नै साइकोस्टाईल मेसिनबाट छापिएको वीसौं शताब्दीको पहिलो पुस्तक थियो ।

चेम्जङले सन् १९४२ मा सुक्खिमको गेजिङस्थीत एउटा प्राथमिक विद्यालयमा शिक्षकको काम पाए । केही वर्षपछि गान्टोकको सरकारी उच्च विद्यालयमा नियुक्ति भयो र पदमसिंह मुरिङला, मानबहादुर खाम्दाक, सन्तवीर खाम्दाकजस्ता पढेलेखेका लिम्बू युवाहरुको संगत पाएपछि लिम्बू जातिको रीतिथिति, संस्कति इतिहास, साहित्य सिरिजंगा लिपिको खोज, अध्ययन तिव्र गतिमा हुन थाल्यो । तत्कालै लिम्बू भाषाको पुस्तकहरु लेखेर प्रकाश गर्ने योजना बनाए युवाहरुले । चेम्जङकै अगुवाइमा सिरिजंगा लिपिमा प्राथमिक पाठ्यपुस्तक भाग १ देखि ४ सम्म प्रकाशन भयो । उनले त्यही समयमा ‘तुम् याक्थुङ हुप्पान साप्ला’ व्याकरण लेखे । ‘तुम् निङ्वाफु साप्ला’ र ‘याक्थुङ निसिगेक साप्ला’ जस्ता ऐतिहासिक पुस्तकहरु त्यही बेलामा छापिएका थिए । चेम्जङको आप्mनै प्रयासमा ‘किरात इतिहास’ सन् १९४८ मा प्रकाशमा आयो । खासगरी लिम्बूको बारे नेपालीमा यस्तो पुस्तक त्यो भन्दा पहिले लेखिएकै थिएन ।

चेम्जङले केही समय सुक्खिमको रेभेन्यू अफिसरको कामसमेत गरेका थिए । त्यो समय उनलाई गाउँगाउँमा घुमेर लिम्बू भाषा, लिपिको प्रचाप्रसार गर्ने राम्रो अवसर मिल्यो ।

इमानसिंह चेम्जङले सिरिजंगा लिपि कोबाट सिके भन्ने बारेमा कही अधिकारिक तथ्यहरु फेला पार्न सकिएको छैन । एक ठाउँमा डा। स्वामी प्रपन्नाचार्य (काले राई) ले चेम्जङलाई महागुरु पाल्गुनन्दले पहिलोचोटी लिम्बू मुन्धुम र सिरिजंगा लिपि सिकाएको लेखेका छन् । मैले आफैले देखेको हो भनेपनि प्रपन्नाचार्यको भनाईमा सहमत हुन सकिदैन । पहिलो कारण प्रपन्नाचार्य हाम्रो धर्म संस्कृति मात्र नभइ सिंगो किरात समुदायको खिलापमा तगिविधि गर्ने विवादित व्यक्ति हुन् र दोस्रो उनले भनेको समय भन्दा झण्डै तीनदशक पहिल्यै चेम्जङ सिरिजंगा लिपिको प्रचारप्रसारमा सक्रिय लागेको देखिन्छ । सम्भवत आफ्नै बाबु मेघवरसिंह र दाजु वुद्धीमानसिंहबाट उनले लिपि सिकेको हुनुपर्छ । कसैले नेपालबाट भागेर सुक्खिम बसेका भाषाविद लालसोर सेन्दाङबाट सिरिजंगा लिपि सिकेको भनाई पनि छ । तर वृद्ध लोलसेरको आगमन कालसंगपनि मेल खादैन । लिपिको लेखपढ जानि सकेका चेम्जङले लाललसोरसंग अतिरिक्त ज्ञान प्राप्त गरेकोसम्म हुनसक्छ ।

यता नेपाली जनताले सशस्त्र क्रान्तिद्धारा राणाशाही शासनलाई परास्त गरे । त्यो जमानामा लिम्बुवानमा नरबहादुर नेम्वाङ, खड्कबहादुर नेम्वाङ (डबल सुब्बा), रामबहादुर नेम्वाङ, देउमान आङदेम्बे, काजीमान तुम्बाहाम्फे, हर्कजङ मादेन शेरहादुर लावती, महेश्वर मेन्याङवो, प्रेमबहादुर मावोहाङ, जहरमान थाम्सुहाङ आदि सुब्बाहरुको हैसियत ससानो राजाकै हुन्थ्यो । इमानसिंह चेम्जङको सांस्कृतिक आन्दोलन लिम्बुवानमा फैलिसकेको थियो । सुब्बाहरुलाई लिम्बुवानमा चेम्जङको आवश्यता परेको महसुश गरी उनलाई बोलाउने काम भयो । आकर्षक सरकारी जागिरलाई चटक्कै छाडेर वि।सं। २००९ तिर उनी यता आए ।

चेम्जङ नेपाल आएकै सालमा लिम्बूहरुको वृहत भेलाले ‘लिम्बुवान सुधार संघ’ को स्थपना गर्‍यो । उनी सर्वसम्वतले संघको अध्यक्ष भए । संस्थापक उपाध्यक्ष गणेशप्रसाद रिजाल भएकाले यो संस्था समावेसी भएको भन्न सकिन्छ । खासगरी लिम्बूहरुको किपट समस्या हल गर्न गठन भएको उक्त संघले भाषा, लिपि, धर्म, संस्कृतिको संरक्षण तथा सम्वद्धन गर्ने अनेकौं लक्षहरु लिएको थियो । संघकै सक्रियतामा लिम्बुवान स्वायत्तताको माग राखेर राजालाई दुईदुई पटक बिन्तिपत्रसमेत हालेको इतिहास छ । संघले प्रादेसिक स्वायत्तताको प्राप्तिले मात्र लिम्बू राष्ट्रियताको संरक्षण निश्चित हुने स्पष्ट पारेको थियो । लिम्बूहरुका यावत हकहितको रक्षा तथा समाज सुधार गर्ने उद्देश्यकासाथ स्थपना भएको गैर राजनीतिक संघ आखिरमा राजनीतिकको चङ्गुलमा फसेर लम्बिूका हितविपरित काम गरेको अनेकौं दृष्टान्तहरु छन् ।

लेखक हेम्ब्या ।

लिम्बुवान सुधार संघ जन्माउने प्रमुख भूमिका नेपाली कांग्रेसको थियो । कांग्रेसले सुब्बाहरुलाई प्रयोग गर्‍यो र अन्ततः उनीहरुकै इच्छा अनुसार यो आफै निष्क्रिय भएर गयो । यसको प्रमुख कारण राजनीतिक थियो । तत्कालीन समयमा कांगेस भन्दा अरु दलहरुको नामसम्म नभएका कारण किपट मास्ने राजनीति जानाजान नेपाली कांग्रेसले गरेको थियो ।

०७ को शसस्त्र क्रान्तिमा आप्mनो पराजय नजिकन थालेपछि कांग्रेसले लिम्बूहरुको किपट उन्मुलन गर्छ भन्ने हल्ला फैलाउन थाले राणाहरु । त्यसपछि लिम्बुवानमा लुटपातका र वाहुनक्षेत्री खेदो आन्दोलन सुरु भयो । गैर लिम्बूहरु लिम्बुवान क्षेत्रबाट विस्थापित हुन थाले । नेपाली कांग्रेसले लिम्बूहरुलाई फसाउन एउटा आमुक उपाय निकाल्यो लिम्बुवान सुधार संघ खोलेर । उक्त संघको नेतृत्वमा कुनैपनि गन्यमान्य सुब्बाहरु वसेनन् । राम्ररी राजनीति नबुझेका चेम्जङलाई अध्यक्ष बनाएर र त्यसका हर्ताकर्ताहरु सबै प्रसाई, रिजाल, विमली, सुवेदीका पल्टनहरु राखियो । संघको नीति निर्माण, नेता, कारिन्दा, लेखान्दास पूरै गैर लिम्बूहरु । दरवारमा जाने प्रतिनिधिहरु चाही ढाकाटोपी ढल्काएर लिम्बूहरु नै गएका थिए । छ वर्षसम्म थामथुम गरेपछि २०१५ सालमा संसदीय चुनाव भयो । त्यो बेलासम्ममा किपट, जातीय अधिकारका नारा लिम्बूहरुको मष्तिस्कबाट हटिसकेको थियो । आप्mनो अभीष्ट पूरा हुन लागेको आभास पाईसकेको कांग्रेसले इमानसिंह चेम्जङको विरुद्धमा लिम्बुवान सुधार संघकै उपाध्यक्ष रिजाललाई उमेद्वार उठाएपछि यो पार्टीको असली अनुहार देखियो । एकतिहाई सीट प्राप्त गरेका कांग्रेसीहरु जीतको उन्मादले आँखा देख्न छाडे । वीपी कोईरालाको ‘जसको जोत उसको पोत’ को नाराले लिम्वुवानका किपटहरु रातारात रैकरमा पणिरत भए । लिम्बूहरुसंग हेरेर वस्नु वाहेक दोस्रो विकल्प थिएन । सुब्बाहरुलाई कांग्रेसी हुनु भन्दा अर्को सपना केही थिएन । यता मधेसका जग्गाहरु कांग्रेसी पार्टी कायकर्ता, नातागोताको नाममा वितरण भयो । निश्चय नै कांग्रेसको ट्याग लागेका केही लिम्बूहरुले पनि ठूलै भाग पाएका थिए ।

नेपाली कांग्रेसले लिम्बूहरुको किपट खान्छ भन्ने राणाहरुले गरेको हल्ला नभएर आखिरमा सत्य ठहरियो । २०१७ सालमा राजाले निर्वाचित सरकारलाई सैनिक बलले हटाएर निरंकुस शासन लादे । सुर्यबहादुर थापा, विश्वन्धु थापा, डा। तुलसी गिरी, रुद्रप्रसाद गिरी कांगे्रसी भूतहरु पञ्चायतमा पसेर वी।पी। कोईरालाको बाँकी काम २०२१ सालमा भूमिसुधारको अवधारणा ल्याएर खलास गरिदिए । लिम्वुवानका सुब्बाहरुले कांग्रेसको षडयन्त्रलाई बेलैमा बुझेर साविक लिम्बुवान सुधार संघलाई मजवुद वनाउदै आन्दोलन गरेका भए आज लिम्बूहरु आप्mनै माटोमा दोस्रो नागरिक भएर वस्नु पर्ने थिएन । हुन त यसमा इमानसिंह चेम्जङको पनि केही कमजोरीहरु अवश्य थिए । पहिलो कुरो उनले नेपाली कांग्रेस खासगरी गैर लिम्बू नेताहरुले लिम्बुहरुको खिलापमा रचिएका कपटपूर्ण खेललाई उचित समयमा बुभ्mन सकेनन् । चेम्जङ आफै मन्त्री हुने महत्वकांछाले गर्दापनि लिम्बुवानका मुद्दाहरु आफै सेलाएर गए ।

लिम्बुवानका जल्दावल्दा समस्याहरु कांग्रेसी राजनीतिले ओझेल परेपछि उनी झोला बोकेर काठमाडौं लागे । २०१८ मा त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अध्ययन संस्थानमा किरात भाषा तथा संस्कृति विशेषज्ञको रुपमा नियुक्त भए । चेम्जङले साचै चाहेकै काम पाए । त्यो जिम्मेवार पाउनमा उनी सम्वन्धित विषयका ज्ञाताले भन्दा पनि यो मान्छेले लिम्बूहरुलाई भड्काउछ भनेर शासकहरुले उनलाई थान्को लगाएको पनि हुनसक्छ । जे होस १५ वर्ष त्यो ठाउँमा रहँदा उनले किरात भाषा, व्याकरण, लिफि संस्कृति, साहित्य, दर्शन र इतिहास सम्बन्धमा खोज अनुसन्धान गरी ९ वटा पुस्तकका रुपमा निकाले ।

किरात इतिहास २००५
किरात साहित्यको इतिहास २०१३
किरात मुन्धुम २०१८
किरात दन्त्यकथा २०२१
किरात मुन्धुम खारुहुन २०२२
किरात हिस्ट्री एन्ड कल्चर (अङ्ग्रेजी)
किरात दर्शनको सारंश २०२६
किरात व्याकरण २०२७
किरातकालीन विजयपुरको संक्षिप्त इतिहास २०३१

किरात बन्धुहरुले इमानसिंह चेम्जङलाई दिनका दिन पुजा नगरेपनि वर्षमा एकपटक सम्झे हुने हो । तर त्यो परम्परालाई लिम्बूहरुले मात्र निरन्तरता दिदैछन् । चेम्जङले लिम्बूको मात्र धेरै सेवा गरेको गुनासाहरुपनि सुनिन्छन् । चेम्जङले लिम्बूहरुको मात्र सेवा गरेका भए माथिका ९ वटा प्रकाशित पुस्तक सबैमा किरात शब्द राख्ने थिएनन् होला । उनका हरेक व्याख्या विश्लेषण र इतिहास कोट्याउदा राई वा लिम्बू नभनि किरात उल्लेख गरेका छन् । किरात एकताको लागि यो भन्दा ठूलो दर्शन अन्त कहाँ पाइन्छरु हेर्दै जाऔं १ स्वावभिक रुपले आप्mनै जाति लिम्बूहरुको केही ज्यादा सामग्रीहरु राखे होलान् । तर, मञ्जुल याक्थुङवासंगको एक भेटमा चेम्जङले भनेका थिए— मैले सबै किरातहरुलाई समेट्न प्रयास गर्दागर्दैपनि वल्लो किरातमा किरातवारे केही रेकर्ड नभएको र माझकिरातका बुढापाकाहरुले भएभरका मुन्धुम र इतिहास सबै मासिई सक्यौं र पल्लो किरातमा लिम्बुवानमा जेजति बचेको छ हाम्रो पनि त्यही हो भनेकाले त्यस्तो भएको हो । हुनपनि लिम्बू वाहेक अन्य किरातहरुको लिपि त छदै छैन तर येवा, साम्वा, फदाङमाले मुखैले भनेर एउटा पिंढीदेखि अर्का पिंढीमा सर्दै जाने मुन्धुमपनि प्राय मृत अवस्थामा छ ।

चेम्जङ लिम्बुवान सुधार संघको अध्यक्ष हुदा संघको उद्देश्य र आफूले जानेबुझेका ज्ञानगुनका कुराहरु फैलाउन लिम्बुवानका सत्रै थुममा हिडेरै घुमेका थिए । ठाउँठाउँमा चुम्लुङ राखेर प्रशिक्षण, व्यक्तिहरुसंग भएका ज्ञान आदानप्रदान, अनुसन्धान कामहरु गर्दथे । जहाँ पुगेपनि उनको एउटै बोली हुन्थो— लिम्बू भाषा, लिपि सिक्नु, जातीय रीतिथिति जोगाउनु, स्कूल खोल्नु, पढ्न आदि इत्यादि । चेम्जङ एक्लैले किरातहरुको लागि अत्यन्तै धेरै काम गरे र सफल भए । यत्रो सफलता पाउनमा शिक्षाले ठूलो काम गर्‍यो । सिरिजंगा, नेपाली र अंग्रेजी तीन भाषाको अभावमा यो सम्भव नै थिएन । खासगरी १९ औं शताब्दीमा अंग्रेजहरुले लिम्बूको इतिहास संकलन गरी लण्डनको इण्डियन लाईब्रेरीमा राखेका दस्तावेजबाट उनलाई राम्रो सहयोग भयो । सन् १९५५ तिर बेलायती अनुसन्धानकर्ता आर.के. स्प्रिग सिरिजंगा लिपिमा लेखिएका एकसय थान कागजपत्र र १४ वटा कितावको फोटोकपी लिएर दाजर्जिलाङ आए तर त्यो कसैले पढ्न सकेनन् । कतै चेम्जङलाई सक्छने कि भनेर उनको खोजि भयो । अंग्रेजी, नेपाली र सिरिजंगा तीनै भाषाका ज्ञाता चेम्जङलाई भेटेर सबै समस्याहरु एकैचोटी हल भएको थियो ।

उनी इसाइ धर्म प्रचारक भएको आरोप पनि छ । तर उनीसंगै एउटै विद्यालयमा पाँच वर्ष काम गरेका अर्का भाषाविद पदासिंह मुरिङलाले कुनै त्यस्तो आभाससम्म पाएनन् । मुरिङलासंगको संगतमा उनी इसाई धर्मबारे कहिल्यै कुरा निकालेनन् र एकचोटीपनि चर्च गएको देखेनन् । उनी किरातहरुको भाषा, लिपि, धर्म संस्कृतबारेमा मात्र एकोहोरो कुरा गरिरहन्थे । उनका जेष्ठ सुपुत्र हाङसिह पनि आप्mनो बाबु इसाई भएको आरोपलाई सिधै खण्डन गर्दै भन्छन्— रातदिन तागेरानिङ्वाफुमा पुकार्ने व्यक्तिलाई कसरी इसाई भन्नेरु महागुरु फाल्गुनन्दको समाज सुधार अभियानमा संलग्न भएको कारणले पनि यी आरोपहरु आफै कमजोर भएका छन् ।

नेपाली, अंग्रेजी, हिन्दि, बंगाली, लेप्चा भाषाका ज्ञाता इमानसिंह, लिम्बू भाषामा कमजोर थिए । तर उनले पछि सिकेर कामसम्म चलाउने भएका थिए ।

झण्डै आधादर्जन लालाबालाको मायामोह, भरणपोषण, लेखाईपढाई सारा जिम्मा श्रीमतीलाई छोडेर सिंगो किरात समुदायलाई बाटो देखाउन नेपाल पसेका कुनै लोककथाका पात्रजस्तो लाग्ने इमानसिंहको इमानलाई शब्दमा खोजेर कहिल्यै पूरा हुँदैन । उनको भाषा, संस्कृतिप्रतिको समर्पणले गर्दा नै २०५८ यताको राष्ट्रिय जनगणनामा दशौं लाख किरातहरुले ‘किरात धर्म’ लेखाउन पाएका छन् । भोली यो मुलुक रहला नरहला, तर चेम्जङको परिश्रमको मूल्यले गर्दा नै हाम्रो चेतना, विवेकले काम गरेसम्म किरातहरु रहिरहनेछौं ।

एकतिहाइ जीवन नेपालमा विताएका इमानसिंह सन् १९७६ मा भारतको दार्जिलिङ फर्केर उनको त्यही मृत्यु भयो । तर खुशीको कुरा यही छ, नियतिले मुङ्लान पसेका चेम्जङ परिवार अहिले नेपालमा बसोवास गरेका छन् । जेठो हाङसिंह नेपाल प्रहरीका अवकास प्राप्त डिआईजी र कान्छो मोनसिंह नेपली सेनाका अवकास प्राप्त ब्रिगेढियर जेनेरल हुन । दुवै समाज सेवामा सक्रिय छन् ।

राजनीतिक दल र सुब्बाहरुले सेमेन्टमा प्mयाकेका इमानसिंह अन्ततः गद्दामा परेर भाग्यशाली किरातहरुका लागि वरदान सावित भए । आप्mनै उपाध्यक्ष गणेशप्रसाद रिजनलसंग २०१५ को आम चुनाव नहारेका भए चेम्जङलाई लोकले गर्ने श्रद्धा र सम्मान धेरै फरक हुनेथियो । तर अहिले हरेक सचेत किरातहरुको मन, मष्तिस्कमा इमानसिंह उदाएका छन् विहानीको घाम जस्तै । उनलाई सम्मान गर्नेहरुको होड नै चनेको छ । मोरङको पथरीमा चेम्जङ वन्धुहरुले उनको सालिक निर्माण गरिसकेकाछन् । सुक्खिम र लिम्बुवानका कयौं ठाउँमा चुुम्लुङ हिम, स्कूल, बाटो, उनको नाम राखेर उनको सम्मान गरिदै छ । किरात याक्थुङ चुम्लुङ काठमाण्डौंले उनको हरेक जन्मजयन्तीको अवसर पारेर रक्तदान कार्यक्रम नियमित सञ्चालन गर्दै आएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रले इमानसिंह चेम्जङ पुरस्कार स्थपना गरेको छ । हरेक दुई सालमा प्रदान रु। १०,००० रासीको उक्त पुरस्कारमा लिम्बू भाषा तथा किरात—सिरिजंगा लिपिमा प्रकाशित मौलिक साहित्य कृतिहरुलाई प्रदान गरिने छ । नेपाल सरकारले पनि २०५५ देखि उनका तस्वीर अंकित हुलाक टिकट प्रकाशनमा ल्यायो र कक्षा दशका नानीहरुले उनको जीवन गाथा पढ्न पाएका छन् । इमानसिंहको बारेमा अनेकौं पुस्तकहरु प्रकाशित भएका छन् । उनको व्यक्तित्व र कृत्तित्वमा आधारित अमर तुम्याहाङले ‘सोधुङ्गेन इमानसिंह चोत्लुङ’ नामक काव्य जसमा उनको जीवन भोगाइ, त्याग, समग्र योगदानको वर्णन याक्थुङ बोलीमा अत्न्यै सुन्दर र सरल तरिकाले गरेका छन् ।

बालक इमानसिंहले उहिले रिङ्केबुङमा देखेका सपनाले आज किरात समुदायमा गुनासा र स्पष्टरुपमा बिभाजनको रेखा छुटयाउन थालेका छन  । केही परिणामहरु

इमानसिंमाथि लिम्बू राईहरुको आरोपः

याक्थुुङ लिम्बूः
१) इमानसिंले गलत इतिहास लेखेर याक्थुुङ लिम्बूको मौलिक पहिचान र इतिहासलाई बिगारेको आरोप छ । याक्थुुङ लिम्बूहरु दावी गर्छनकि हाम्रो पुर्खा र सभ्यतामा किरातसंग कुनै सम्बन्ध छैन ।
२) इमानसिंले हामीलाई किरातमा मिसाएकै कारण लिम्बुवान आन्दोलन कमजोर भएको ।

राई
१) इमानसिंले एकपक्षीय लिम्बूहरुको मात्र किरात इतिहास लेखे ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *