‘फूल झै तिमी’ सार्वजनिक

२ जनवरी, लन्डन । गायिका सुमिता राईको दोस्रो गीति एल्बम ‘नयना’ मा समाविष्ट ‘फूल झैं तिमी मुस्कुराउ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार मुकेश राईको शब्द, संगीतकार ताराप्रकाश लिम्बुको संगीत र सबिन लिम्बुको संगीत संयोजन रहेको यस गीतमा गायिका सुमिता राईलाई भोइस अफ किड्सका फाईनलिस्ट मिन्छामा राई र रुक्साना लिम्बुले साथ दिएका छन । अंग्रेजी नयाँ बर्षको अवसरमा सार्वजनिक गरिएको यो म्युजिक भिडियोमा चर्चित कलाकार रजनी गुरुङ, मिन्छामा राई र रुक्सना लिम्बुको अभिनय देख्न सकिने छ। जसको निर्देशन अहिलेका चर्चित निर्देशक किरण चाम्लिङ राईले गरेका हुन् भने क्यामेरामा भूपेन्द्र तुम्बाहाम्फे लिम्बुले काम गरेका छन् ।

भिडियो हेर्नुहाेस् –

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *