युमा साम्यो महासभा यूकेको स्थापना दिवस सम्पन्न

३१ डिसेम्बर, लन्डन । युमा धर्मावलम्बीहरूको साझा संगठन युमा साम्यो महासभा यूकेको चौथो स्थापना दिवस सम्पन्न भएको छ । महासभाले भर्र्चुअल रूपमा एक कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो ।

गत २९ डिसेम्बरमा भर्चुअल रूपमा जूममा एक कार्यक्रम गर्दै स्थपना दिवसका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राखेको अध्यक्ष दिल पालुङ्वा ‘युमाहाङ’ले बताए । युमा साम्यो महासभा अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष नरेन्द्र माबोहाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम अध्यक्ष पालुङ्वाको अध्यक्षतामा भएको थियो । सचिव अमित थेवे मिहाङले सञ्चालन गरेको कार्यक्रममा युमा साम्यो महासभा नेपालका सचिव सन्तोष कुरुम्वाङ, विदेश विभाग प्रमुख विरेज इजम लिम्बु, याक्थुङ चुम्लुङका अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष एवम् । युमा साम्यो महासभा अन्तर्राष्ट्रिय समन्वय समितिका निवर्तमान अध्यक्ष लोकेन्द्र तबेबुङ, यूके सल्लाहकार एवम् कियाचु यूके पूर्व अध्यक्ष डम्मर सिङ्गक, लिम्बुवान नागरिक समाज यूकेका अध्यक्ष एवम् थोदिम् याक्थुङ भाषिक पत्रिकाका सम्पादक छत्र वनेम लगायतले मन्तव्य राखेका थिए

त्यस्तै, युमा साम्यो महासभा यूके पूर्व अध्यक्ष टङ्क वनेम, महासचिव तारा कन्दङ्वा ‘खेसेहाङ’, अर्थसचिव जय मादेम्बा, साँस्कृतिक सचिव मान तबेबुङ ‘नाजम्’ लगायतले पनि आफ्नो धारणा राखे ।

मुख्य अतिथि माबोहाङले याक्थुङ पहिचान र सभ्यता जोगाउन युमा साम्योको अभियान सुरु भएको र यसले दिनप्रतिदिन लोकप्रियता हासिल गरेको कुरा राखे । उनले बाह्य र आन्तरिक साँस्कृतिक अतिक्रमण रोक्दै समुदायको पहिचान जोगाउन पनि युमा धर्मावलम्बीहरू एक हुनुपर्ने बताए ।

युमा साम्यो महासभा यूकेको स्थापना सन् २०१८ डिसेम्बर २९ तारिखमा हाइवेकम्वको भेलामा भएको थियो । उक्त भेलाले टङ्क वनेमको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । महासभाको पहिलो महाधिवेशन आसफोर्डमा सन् २०१९ जून १५ मा भएको थियो । यस्तै, दोस्रो महाधिवेशन सन् २०२२ को अक्टोबर २२ मा भएको थियो । युमा साम्यो महासभाको प्रवासमा करिब दर्जन बढी मुलुकहरूमा सङ्गठनहरू सक्रिय रहेका छन् । युमा साम्यो महासभा नेपालको स्थापना सन् २०१८ को फेब्रुअरीमा भएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *