प्रदेश नम्बर एकका सांसदहरूले लिए याक्थुङ र थारू भाषामा सपथ

२६ डिसेम्बर, विराटनगर । प्रदेश नम्बर १ का ६ जना नवनिर्वाचित प्रदेश सभा सदस्यले मातृभाषामा सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश सभाका जेष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले एक जनालाई थारु भाषामा र अन्य ५ सांसदहरुलाई याक्थुङ लिम्बु भाषामा पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

प्रदेश सांसदमा पाँचथर १ (१) बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बाे र इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री समेत रहेकी नेकपा (एकीकृत समाजवादी) की खिनु लङ्वा लिम्बुले मातृभाषामा शपथ लिएका छन् । प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेकपा (एकीकृत समाजवादी)का पाँचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टी नेपालकी निर्मला लिम्बूले मातृभाषा यक्थुङ लिम्बू भाषामा सपथ लिएका छन् । भने सांसद सुनिता चौधरीले थारू भाषामा सपथ लिएकी छन् ।

सांसद एवम् अर्थमन्त्री आङ्वाेले याक्थुङ भाषामा लिएको सपथकाे पत्र ।

अन्य ८७ सासंदले भने नेपाली भाषामा सपथ लिएका छन । आज निर्वाचित सासंदहरुले १ः३० बजे पछि प्रदेशसभा भवनमा शपथ गराइएको थियो । यस अघि १२ः३० बजे प्रदेश प्रमुख पर्शुराम खापुङ्ले ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई शपथ ग्रहण गराएको थियो । सचिवालयले पुस ५ गते सार्वजनिक सूचना जारी गरि मातृभाषामा शपथ लिन शपथ लिने दिनभन्दा तीन दिन अगावै विवरण उपलब्ध गराउन माग गरेको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *