सगरमाथा नेपाली समाजद्वारा खाद्य वितरण

२६ डिसेम्बर, लन्डन । सगरमाथा गाेरखा नेपाली समाज आसफाेर्ड केन्टले घरबारविहीनका लागि खाद्य सङ्कलन गरेर वितरण गरेको छ ।

गत २०२२ डिसेम्बर २१ बुधवार कादिन सगरमाथा गोरखा नेपाली समाजको आयोजना खाद्यान्न दान गरिएको हाे ।  उपाध्यक्ष चिरन राईको संयोजक्त्वमा खाध्यान्न दान कार्यक्रम सफलताका साथ सम्पन्न भएको वरिष्ठ उपाध्यक्ष डम्मर सिङ्गकले सञ्जालमार्फत जानकारी गराएका छन् । ‘यो साल जम्मा १३२२ पाउण्ड हस्तान्तरण गर्न सफल भयौँ। यो सङ्योजक ज्यु र दाता ज्यु हरुको उपलव्धी हो। सन् २०१५ सालदेखि केन्टका घरबार विहीनहरुलाई देशकाे महान् चाड क्रिसमस मान्न खानपिनको अभाव नहोस् भनी यो कार्यक्रम गर्दै आएको हाैँ,’ उपाध्यक्ष सिङ्गकले भने ।

सााजले आसफाेर्ड फुड बैंकमार्फत मद्दत गर्न आसफोर्ड कम्युनिटीले आयोजना गरेको यस वर्षको कार्यक्रममा दाता  सदस्यहरुको घुइँचो लागेकाे थियोे । आसफाेर्डका सबै नेपाली पसलहरूमा बाकसहरु राखी कम्युनिटीका सबै सदस्यहरूलाई डिसेम्बरको तेस्राे हप्ताभित्र आफ्नो सहयोग बुझाई सक्नु पर्ने अनुरोध गरिएकाे थियोे । फुड बैंकको कार्यक्रम अनुसार डिसेम्बर २४, २५ मा क्रिश्मस मान्ने गरी त्यसअगावै बाँडिएकाे थियोे । कम्युनिटिले सबै खानाहरु तोकिए अनुसार बन्द गरेर बुझाउने कार्यक्रम गर्दै आएको थियो । तर कोरोना महामारीको सङ्क्रमणले यसो गर्न असहज भएपछि सन् २०२०२०२२ मा खाद्यान्न किन्न नगद रकम सङ्कलन गरी सहयोग हस्तान्तरण गरिएको छ ।

खाद्य खरिद गर्न रकमकाे चेक सगरमाथा नेपाली समाजका अध्यक्ष कप्रसाद छन्त्यालले फुड बैंकका टाेनी बनार्डका लागि हस्तान्तरण गरे । साे अवसरमा मुख्य सल्लाहकार चक्र राई, उपाध्यक्ष माेहन साेदेम्बा, महिला अध्यक्ष विमला लिम्बु लगायत पदाधिकारीहरू समेत उपस्थित थिए । बेलायतमा घरबारविहीनहरूकाे सङ्ख्या २८ हजार बढी रहेको तथ्यांक छ । त्यस्तै, केन्ट अनलाइनले जनाएअनुसार केन्टमा २६०० बढी घरबारविहीनहरू देखा परेका छन । बढ्दो महङ्गी र कम आयका कारण घरबारविहीनहरू बढिरहेको इङ्ल्याण्ड सेल्टरले जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *