रियादमा किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति गठन

डिसेम्बर २६, रियाद । साउदी अरबमा किरात राई यायाेक्खाकाे क्षेत्रीय कार्य समिति गठन भएको छ ।

किरात राई यायोक्खा प्रवास शाखा केन्द्रीय कार्य समिति साउदी अरबका अध्यक्ष सीके चाम्लिङ राईकाे उपस्थिति रहेको कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूत नवराज सुवेदी रहेका थिए । ‘कला लिपि संस्कृति हाम्रो पहिचान ! किरात मुन्धुम इतिहास खोज्ने हाम्रो अभियान’ भन्ने मुल नाराकम साथ भएको किराया शाखा तदर्थ समिति रियाद र याक्थुङ चुम्लुङ समाज साउदी अरबको संयुक्त आयोजनामा किराँती हरुको मुख्य चाड उँधौली साकेला तथा चासोक तङ्नाम येलेदोङ /येले तङ्वे ५०८२ को सु-अवसर पारेर गत डिसेम्बर १६ का दिन शुभकामना आदान प्रदान राखिएको थियोे । साे अवसरमा साकेला नृत्य /च्याब्रुङ-केलाङ्ग नृत्य साथै बृहत सांस्कृतिक कार्यक्रम भएको थियोे ।

साथै, किराँत राई यायोक्खा तदर्थ समिति रियादलाई पूर्णता दिँदै दोश्रो क्षेत्रीय कार्यसमिति गठन भएको छ । पहिलो क्षेत्रीय कार्यसमिति जेद्दा रहेको र उक्त क्षेत्रीय कार्यसमितिको गठन २०१९ मा भएको थियोे ।

नव गठित क्षेत्रीय कार्यसमितिको पदाधिकारी साथै सदस्यहरूलाई किराया साउदी अरबका अध्यक्ष सीके चाम्लिङ राईले सपथ खुवाए । नेफिन साउदी अरबका महासचिव रोशन श्रेष्ठ लगायत विभिन्न वैचारिक,जातिय,क्षेत्रीय संगठनका विदेश शाखाका प्रमुख साथै सामाजिक अभियान्ता,संस्कृतिक अभियान्ताहरुले विदेशमा आफ्नो कर्म गरेर साँस्कृतिक पहिचान जाेगाएकाेमा प्रशंसा गरे ।

नव गगठित ११ सदस्यीय किरात राई यायोक्खा क्षेत्रीय कार्यसमितिकाे अध्यक्षमा विज्ञान राई रहेका छन् । त्यस्तै, उपाध्यक्षमा राम कुमार राई, सचिवमा जहान सिङ राई, सहसचिवमा मनिश राई र कोषाध्यक्षमा पवित्र राई रहेका छन् । त्यस्तै, सदस्यहरूमा राम माया राई, किशोर चाम्लिङ राई, किरण राई, दिक्पाल राई, सवास राई र दिपेश राई छन् । प्रमुख सल्लाहकारमा सुजन शेर राई र सल्लाहकारमा वसन्त राई र राज तोङ्मालुङ् रहेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *