प्रसाईकाे पुस्तकप्रति यालेस काेरियाकाे आपत्ति

२६ डिसेम्बर, दक्षिण काेरिया । याक्थुङ लिम्बु समुदायलाई गलत ढंगले चित्रण गरिएकाे भन्दै एक पुस्तकप्रति याक्थुङ लेखक सङ्घ, दक्षिण काेरियाले आपत्ति जनाएको छ । उज्ज्वल प्रसाईद्वारा लिखित ‘एक बागी खगेन्द्र सङ्ग्रा‌ैला साधना र सङ्घर्ष’ पुस्तकमा समुदायको मान मर्दन हुने कुरा उल्लेख भएको आराेप लगाउँदै यालेसले विमति जनाएको छ ।

यालेस महासचिव बाबु बलिन्द्र र सचिव सेसेफुङ् शेर्माले जारी गरेको विज्ञप्तिमा पुस्तकको पृष्ठ नम्बर २५ मा याक्थुङ समुदायलाई सिनाे खाने समुदायका रूपमा चित्रण गरेकोले मान मर्दन भएको ठहर गरेको छ । पुस्तक बेला पब्लिकेशले प्रकाशित गरेको हाे ।

‘उज्ज्वल प्रसाईद्वारा सम्पादित खगेन्द्र सङ्ग्रौलाको जीवनी एक बागी खगेन्द्र संग्रौला साधना र संघर्ष भन्ने पुस्तकको पृष्ठ नम्बर २५ मा सिंगो लिम्बू समुदायलाई इंगित गर्दै लिम्बू जातिले सिनो खाने गरेको गलत तथ्य लेखिएको प्रति हाम्रो विमति रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले सिंगो लिम्बु समुदायको मान मर्दन भएको हाम्रो ठहर छ ।’


लेखक प्रसाईले समुदायसमक्ष माफी माग्नुपर्ने समेत विज्ञप्तिमार्फत भनिएको छ । ‘उक्त पुस्तकका प्रकाशक वितरक बेला पब्लिकेशन, सम्पादक उज्वल प्रसाई र लेखक खगेन्द्र संग्रौलाले सिंगो लिम्बु जातिहरुको मान मर्दन हुने गरी लेखिएको विषय तत्काल संसोधन गराउदै सार्वजनिक माफी माग्नु हुन र अब आइन्दा यस्ता विषय दोहोरिन नदिने सुनिश्चितता प्रदान गराई यो विषयलाई सहजता पूर्वक अन्त्य गराउन हुन अनुरोध गर्दछौं ।’

पुस्तककै विषयलाई लिएर सञ्जालभरि धेरै लेखक, साहित्यकार र सामाजिक अभियन्ताहरूले आपत्ति जनाएका छन् । यस विषयमा छलफल गर्न किरात याक्थुङ चुम्लुङ नेपालले मङ्गलबार चुम्लुङ हिममा प्रकाशक र लेखकलाई ढाकेकाे याक्थुङ युवा मञ्च काठमाडौंकी अध्यक्ष सङ्गीता सुहाङले जनाइन् । पुस्तक गत कात्तिकमा काठमाडौंमा विमाेचन भएको थियोे ।

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *