दाहाल प्रधानमन्त्री भएकोमा जनप्रगतिशील मञ्च यूकेकाे बधाई

२६ डिसेम्बर, लन्डन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालकाे प्रधानमन्त्री भएकोमा नेपाली जनप्रगतिशील मञ्च यूकेले खुसी व्यक्त गर्दै बधाई ज्ञापन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभाकाे निर्वाचनमा तेस्रो दल भएपनि पार्टीको नेतृत्वमा सरकार गठन भएकोमा खुसी व्यक्त गर्दै मञ्च यूकेले सबैलाई मिलेर अघि बढ्न सुझाव दिएको छ ।

पार्टीको प्रवास अङ्गका रूपमा रहेको नेजप्रम यूकेका अध्यक्ष मानबहादुर गुरुङ र महासचिव विमला लिम्बुले बधाई सन्देश जारी गर्दै तेस्रो पटक प्रधानमन्त्री बनेका पार्टी अध्यक्ष दाहाललाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ । दाहालले नेपालकाे ४४ ओैँ प्रधानमन्त्रीका हैसियतमा साेमबार पद तथा गाेपनीयताकाे सपथ ग्रहण गरेका थिए । नेपाली काङ्ग्रेससँगकाे गठबन्धन ताेड्दै माओवादी केन्द्रले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा नेपाल, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र।स्वतन्त्र सांसदहरूकाे समर्थन बटुलेपछि राष्ट्रिय विद्यादेवी भण्डारीले नेपालको संविधानकाे धारा ७६ काे उपधारा(२) बमोजिम आइतबार प्रधानमन्त्री पदमा दाहाललाई नियुक्त गरेकी थिइन् ।

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *