१२ डिसेम्बर, आसफाेर्ड(केन्ट) । याक्थुङ भाषाकाे पत्रिकाकाे सहयोगार्थ बेलायतमा च्यारिटी डिनर(रात्रीभाेज) कार्यक्रम सम्पन्न भएको छ । बेलायतबाट प्रकाशित याक्थुङ लिम्बु भाषाकाे एक मात्र त्रैमासिक पत्रिका ‘थाेदिम्’लाई सहयोग गर्न च्यारिटी कार्यक्रम गरिएको थियाे ।
आइतबार आसफाेर्डकाे बिहीबारे हलमा भएको कार्यक्रम तुम्याहाङ(अग्रज बुद्धिजीवी) काजीमान ओख्रावुकाे अध्यक्षतामा भएको थियोे । ३१८ ओैँ सिरिजङ्गा सिं थेबेकाे जन्मजयन्तीका अवसरमा आयाेजित च्यारिटी कार्यक्रमकाे संयाेजन पत्रिकाका सम्पादक एवम् प्रकाशक छत्र वनेमले गरेका थिए । उनले प्रवासमा रहेर पनि याक्थुङ भाषाकाे प्रबर्द्धन गर्न र मातृभाषामा पत्रकारिताकाे विकास गर्न पत्रिकाकाे प्रकाशन गरिएको बताए । कार्यक्रममा उनले याक्थुङ भाषा र सिरिजङ्गा लिपिका प्रवर्तक सिरिजङ्गाकाे जीवनी वाचन गरेका थिए । साँस्कृतिक विभूति सिरिजङ्गा थेबेकाे जन्म लिम्बुवानकाे याङ्वरक थुमअन्तर्गत सिनाम तेल्लाेकमा भएको थियोे । ३७ वर्षकाे उमेरमा सिक्किमका ठाछाङ लामाहरूले भाषा र लिपिकाे प्रचारप्रसार गरेर राजद्राेह गरेको आराेपमा उनकाे हत्या गरेका थिए ।
‘थाेदिम्’ काे शाब्दिक अर्थ उत्थान भन्ने जनाउँछ । साे पत्रिका सन् २०१५ बाट प्रकाशन प्रारम्भ भएको हाे । पत्रिका याक्थुङ र खस नेपाली गरेर दुई भाषिक रहेको छ । सम्पादक वनेम किरात याक्थुङ चुम्लुङ यूकेका पूर्व उपाध्यक्ष र लिम्बुवान नागरिक समाज यूके अध्यक्ष समेत हुन् । उनी लिम्बु पत्रकार सङ्घ यूकेमा पनि आबद्ध छन् ।



किरात याक्थुङ चुम्लुङ यूकेले सहकार्य गरेको च्यारिटी कार्यक्रममा आइतबार परेको हिमपातका बावजुद उत्साहजनक उपस्थिति रहेको थियोे । कार्यक्रममा कियाचु यूकेका पूर्व अध्यक्ष सिरी साम्यू, पूर्व केन्द्रीय सदस्य पूर्ण मादेन, वर्तमान केन्द्रीय सदस्य टङ्क येङ्देन, आसफाेर्ड शाखा अध्यक्ष साेदीप थाेप्रा, काेषाध्यक्ष विक्रम वनेम, कियाचु थामेन्दिङ्मा महिला समिति यूकेकी मनमाया नेम्वाङ लगायतका अतिथिहरूकाे उपस्थिति रहेको थियोे । साे अवसरमा नेपालबाट आएकी २८ वर्ष स्वास्थ्य क्षेत्रमा रहेर सेवा गरेकी दिलकुमारी नाल्वाे साँवालाई सम्मान गरिएको थियोे ।
