१० डिसेम्बर, युएई । याक्थुङ लिम्बु समुदायकाे महान् पर्व चासाेक तङ्नाम युएईमा पनि मनाइएको छ । गत डिसेम्बर ४ आइतबारका दिन याक्थुङ समुदायको मौलिक तथा महान चाड चासोक थिसोक कार्यक्रम आयोजना गरिएको थियो ।

यस कार्यक्रम युमा साम्यो महासभा युएई कार्यबाहक उपाध्यक्ष राम योङहाङको सभापतित्वमा सम्पन्न गरिएको थियो भने कार्यक्रमको व्यवस्थापनमा गोबिन्द लुम्फुङ्वाले गरेका थिए । कार्यक्रमको सञ्चालन युमा साम्यो महासचिव दिपेन चेम्जोङले गरे । कार्यक्रममा सयौको संख्यामा उपस्थिति रहेकोमा याक्थुङ लिम्बुहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

यस कार्यक्रममा संघीय लिम्बुवान सामाजिक क्षेत्रीय कार्यसमिति अलऐन र संलिसाम केन्द्रीय युएई, किरात याक्थुङ चुम्लुङको उपस्थिति रहेको थियो । यस कार्यक्रमको चासोक पूजा विधिवत तरिकाले मुन्धुम गाएर पेगिफाङ्साङ सावाला साम्बा भावानी अन्छङ्बोबाट तुम्याहाङका साथमा सम्पन्न गरिएको थियो । यस कार्यक्रमलाई हुक्वा स्वरुप मुख्य प्रायोजन मौलिक संरक्षण कोष सेक्मुरी याङ्भुङ सयङ सह -प्रायोजन संघीय सामाजिक लिम्बुवान मञ्च र किरात याक्थुङ चुम्लुङले गरेको थियो । युमा साम्यो महासभा युएईले संस्था स्थापनाकालदेखि नै निरन्तर मौलिक जगेर्ना साथै आउने पुस्तालाई बाटो देखाउन र युवा पुस्ताहरुलाई मौलिकता प्रती हौसला दिन यस मौलिक चाड चासोक थिसोकलाई निरन्तरता दिईदै आएको छ भने कार्यक्रम हेरिटेज गेस्टहाउस बरदुबई युएईमा भएको थियो ।

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *