सगरमाथा नेपाली समाजकाे देउसी भैलाे २८ अक्टाेबरमा

२६ अक्टोबर, आसफाेर्ड । सगरमाथा गाेरखा नेपाली समाज, आसफाेर्डले यस वर्षको देउसी भैलाे कार्यक्रम अक्टाेबर २८ मा गर्ने भएको छ । तिहारकाे अवसरमा समाजले साँस्कृतिक कार्यक्रम आयाेजना गर्न लागेको हाे ।

शुक्रबार सेन्ट साइमन चर्चकाे हलमा हुन लागिरहेको कार्यक्रमबाट संकलित रकम नेपालीहरूकाे भवन खरिदका लागि जम्मा गरिने समाजका कार्यवाहक अध्यक्ष डम्मर सिङ्गकले बताए । ‘गत वर्षहरूमा झैँ यसपटक पनि सगरमाथा गोर्खा नेपाली समाजको आयोजनामा हुन लागेको देउसी भैलो कार्यक्रममा आसफाेर्डवासी सबै नेपालीहरूलाई उपस्थित हुन निम्ता दिन्छौं,’ कार्यक्रम संयाेजक समेत रहेका सिङ्गकले भने ।

बेलुकी ५ बजेदेखि रातको साढे १० बजेसम्म कार्यक्रम हुने उपाध्यक्ष एवम् सहसंयाेजक माेहन साेदेम्बाले भने । कार्यक्रमकाे आकर्षणका रूपमा पहिलो नेपाली तारा दिपक लिम्बुको प्रस्तुति रहने उनले बताए । साथै, भ्वाइस अफ नेपाल दुईकी उपविजेता तारा श्रीस मगर पनि आउने आयाेजकले जनाएको छ । स्वादिष्ट खानपिनसहित तिहारको थिममा विविध मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *