फाेनिज स्थापना दिवस यूकेमा पनि मनाइयो

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औँ स्थापना दिवस बेलायतमा कार्यक्रम भएको छ ।

फाेनिज यूके अध्यक्ष गोमा रानामगरको अध्यक्षता र सहसचिव डा महा राईको सन्चालनमा शुक्रबार साँझ भर्चुअल रुपमा सो कार्यक्रम आयोजना भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष बम थापा सूर्यवंशीले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेपाल आदिवासी जनजाति महिला महासंघ युकेका अध्यक्ष शान्ताकला राई, तमुधिँ युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, नेपाल पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष नरेश खपाङ्गीमगर, सल्लाहकार एकेन्द्र गुरुङ, गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका सचिव होम किरात सुनुवार, लिम्बु पत्रकार संघ युकेका अध्यक्ष अमित थेबे, फोनिज युकेका पूर्व अध्यक्षहरु विश्वासदीप तिगेला र प्रमिला लाबुङ राई, पत्रकारहरु विश्वजीत थापा र जेबी राई लगायतले शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा उपाध्यक्ष सूर्यवंशीले फोनिज स्थापनाको औचित्य तथा अध्यक्ष गोमा रानाले फोनिज युकेले गरिरहेको कार्यका बारेमा जानकारी दिएकी थिइन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *