लिम्बुवान नागरिक समाज यूकेको महाधिवेशन शनिबार हुँदै

आसफोर्ड । लिम्बुवान नागरिक समाज यूकेको महाधिवशेन शनिबार हुँदैछ । समाज यूकेको पाँचौ महाधिवशेन बेलायतको आसफोर्डमा हुने भएको हो ।

नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन) यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको प्रमुख आतिथ्यमा अगष्ट १३ तारिख शनिबारका दिन आसफोर्डमा हुन लागेको हो । महाधिवेशन बिहान ११ बजे हुने अध्यक्ष छत्र वनेमले बताए । समाजको चौथो महाधिवेशन सन् २०१९ जनवरी १५ मा भएको थियो । महाधिवेशनमा साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनसँगै विधान संशोधनका विषयहरूमा समेत छलफल हुने उनले बताए ।

यसैगरी, महाधिवेशनले नयाँ कार्य समितिको पनि चयन गर्नेछ । यसका लागि पुरानै नेतृत्व दोहोरिने सम्भावना प्रबल रहे पनि संगठनभित्र नेतृत्वका लागि केही आकांक्षीहरू समेत रहेको महासचिव लाहाङ चेम्जोङले जनाए । उनले आफूहरू सहमतीय प्रणालीबाटै नयाँ कार्र्यसमिति निर्माण गर्ने पक्षमा रहेको बताए । समाजले पछिल्लो समय लिम्बुवान प्रदेशको पक्षमा आफ्नो धारणाहरू सार्वजनिक गर्दै आएको छ । समाजले गत जून महिनामा एक लाख रूपैयाँको काङ्सोरे पुरस्कारले पुराना लिम्बुवानी नेता वीर नेम्वाङलाई सम्मानित गरेको थियो । समाजले साँस्कृतिक अतिक्रमणका विरुद्ध समेत निरन्तर आवाज उठाउँदै आएको छ । प्रदेश एकको नामकरणको विषयमा आन्दोलन चर्किरहँदा समाजले लिम्बुवान छुट्न नहुने धारणा राख्दै तत्काललाई प्रदेशका दुई फरक पहिचानका आन्दोलनहरू मिलाएर ‘लिम्बुवान, किरात’ प्रदेश राख्न सकिने अध्यक्ष वनेमले जनाए । समाजको स्थापना सन् २००९ सेप्टेम्बरमा स्व. प्रसाद थुप्पोको थेवेको अध्यक्षतामा भएको थियो । नेपालमा सङ्घीयताको आन्दोलन चर्किरहँदा लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूकेका रूपमा समाजको स्थापना भएको सल्लाहकार राजेन्द्र खिम्दिङले स्मरण गरे ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *