समाजवादी प्रेस संगठन बारामा साह

बारा । समाजवादी प्रेस संगठन नेपाल बारा शाखाको शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट अजय साह सर्व सम्मतिमा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

बाराको सदरमुकाम कलैयामा सम्पन्न प्रथम जिल्ला अधिवेशनले साहको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा शारदा पोखरेल, सचिवमा नरेश गुप्ता, सहसचिवमा अफरोज आलम, कोषाध्यक्षमा सावित्री शर्मा, सदस्यहरूमा पवन वि।क।, विजय कुमार, अरुण मेहता, अनिल मण्डल, जितेन्द्र कुशवाहा, निरज गुप्ता लगायत निर्वाचित हुनुभएको हो ।

सङ्गठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीको प्रमुख आतिथ्य एवं विशिष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० बाराका अध्यक्ष एवं मधेस प्रदेशका सांसद सुन्दर विश्वकर्मा विशेष सहभागितामा अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा मधेस प्रदेशका सांसद सीता गुरुङ, नेकपा ९एकीकृत समाजवादी० का सचिव विक्रम ठाकुर, सहसचिव धुर्व यादव, समाजवादी प्रेस सङ्गठनका उपमहासचिव रामकुमार एलन, सङ्गठनका सचिव तथा मधेस प्रदेशका इन्चार्ज एवं नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुभास साह, सङ्गठनका केन्द्रीय सदस्य एवं पार्टी जिल्ला कमिटी प्रचार विभाग प्रमुख रमेश सुवेदी, सङ्गठनका केन्द्रीय सदस्य जितलाल श्रेष्ठ, मधेस प्रदेश कमिटीका अध्यक्ष बृजलाल पासवान, अनेरास्ववियुका सचिव इमरान आलम, जिल्ला समन्वय समिति बाराका सदस्य श्यामबाबु यादव, युवा संघ नेपाल कलैया नगर कमिटीका अध्यक्ष हरिओम साह लगायतको विशेष सहभागिता रहेको थियो ।ैर आवासीय नेपाली संघ बेलायतका महासचिव खुशी लिम्बुले संघको विधि विधान र मर्यादा विपरित कार्य गरेका सम्बन्धमा छानविन शुरु भएको छ ।

छानविन समितिका संयोजक संघका सल्लाहकार तथा काउन्सिलर नेम थापाले विभिन्न प्रश्नसहित लिम्बुलाई तीनदिनभित्र जवाफ दिन पत्राचार गरेको श्रोतले बताएको छ ।

गत आइतबार सम्पन्न संघको बैठकले लिम्बुमाथि लागेका आरोपबारे छानविन गर्न थापाको संयोजकत्वमा संघका सल्लाहकारद्धय सारदा गुरुङ्ग तथा मन्दिप केसी सदस्य रहेको तीन सदस्यीय छानविन समिति गठन गरेको थियो ।

उक्त समितिले आउंदो ६ अगष्टमा हुन लागेको संघको साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्नेछ । यसअघि संघले तीनपटक स्पष्टीकरण सोधेपनि खुशीले जवाफ दिएका छैनन् । यसैबीच, एनआरएनए यूकेले लिम्बु हाल निलम्बित अवस्थामा संघको कुनै पनि जिम्मेवारीमा नरहेको जनाउंदै उनका अभिव्यक्ति आधिकारिक नहुने स्पष्ट पारेको छ ।

लिम्बुले कतिपय प्लेटफार्ममा साधारणसभाबारे अनर्गल प्रचार प्रसार गरेको सुनिन आएको जनाउंदै अध्यक्ष प्रेम गाहामगरले ति सबै भ्रमपूर्ण र असत्य रहेका जनाएका छन् । अध्यक्ष गाहामगरले उनका भनाइ वेवास्ता गर्न आग्रह गर्दै ६ अगष्टको साधारणसभामा सहभागी भइदिन सबै पञ्जीकृत सदस्यहरुमा अपिल गरेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *