१० डिसेम्बर, मलेसिया । युमासाम्यो महासभा मलेसियाद्धारा चासोक तङनाम शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । आइतबार क्वालालाम्पुरस्तिथ एनआरएनएको हलमा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको हो ।
आदिवासी जनजाति महासंघका अध्यक्ष बिपिन राईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङका मलेसियाका वरिष्ठ उपाध्यक्ष पदम लिम्बु, लेखक तथा साहित्यकार जीवन देवान गाउँले, ताप्लेजुङ पाथीभरा मंचका प्रतिनिधि भिम न्यौपाने, प्रवासी इलामेली जनसम्पर्क मंच समिति मलेसियाका सदस्य धिरेन राई, व्यवासायिक संघ समिति मलेसियाका अध्यक्ष इन्द्र लुम्फुङवा, समाजसेवी डम्बर थामी, मनोज कुरुम्बाङ र तुतु तुम्याहाङ रबिन्द्र केबुहाङ,याक्थुङ लिम्बू र खस नेपाली गीत लेखक सन्तकुमार सिङघक लगायतले शुभकामना दिएका थिए ।
युमा साम्यो महासभा समितिका संस्थापक पेशल माबुहाङले चासोक तङनाम र युमा साम्यो बिषयमा चर्चा गर्दै यस वर्षदेखि मंसीर १ लाई आधार मानेर चासोक मनाइने निर्णय गरिएको बताए ।
‘सावा येत्हाङको सन्तानहरुले कन्दमुल, फलफूल खाँदा विरामी भएपछि तागेरा निङ्वाफुमाङसँग त्यसबाट मुक्ति पाउन बिन्ति गरेपछि तागेरा निङ्वाफमाङले बीउ विजन दिएका हुन् । ती बिउ विजन उनका चेली सिबेरा एक्थुक्नाले बाली लगाइ अन्न पाकेपछि उनीहरुलाई खुवाएको र बाली लगाएर खान पनि सिकाएको हुँदा सिबेरा एक्थुक्नाको कामबाट खुशी भएर खेती गरेर अन्न फलाइकन खान सिकाउने आफ्नो चेलीको यो पूण्य कामदेखि खुशी भई सावा येत्हाङहरुले उनलाई आशिष र वरदानका रुपमा आफूले फलाएको अन्नपात केही सिबेरा एःथुक्मा सिबेरा याबुङगेक्मालाई ‘नाली कुजेन’ भनी चढाएपछि मात्र खान पाउने वाचाबन्धन पनि गरे ।
यसपछि नै लिम्बू जातिमा न्वागी पूजाको परम्पराको थालनी भएको मुन्धुममा वर्णन गरिएको छ । चासोक पूजाको अवसरमा उनको पूजाअर्चना गर्ने र तागेरानिङवाफु माङसँगै सर्वप्रथम उनलाई पनि पाकेको अन्नको प्रसाद चढाउने गरिन्छ ।’, माबुहाङले प्रष्ट पारे ।
मंसिर १ गते नै किन ? भन्ने प्रश्नमा माबुहाङले बालीनाली पाकेपछि ‘साम्माङ् च्याङ्’हरुलाई चडाएपछि खाने गरिदै आएको हुँदा बालीनाली पाक्दै गर्दा मनाउँनुपर्छ भन्ने महाभाको निर्णय रहेको बताए ।
कार्यक्रमको सभाध्यक्ष महासभाका अध्यक्ष भरत केदेमले सभाध्यक्षमा सम्पन्न र्काक्रममा सदस्य तुला नेयोङले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा केलाङ कलाकारहरु भरत केदेम, आकाश लिम्बू, कमल काम्बाङ, तुला नेयोङ साथमा बिनिता लिम्बू, सर्मिला लिम्बू, मन्जु लिम्बू, अन्य थप कलाकारहरुले केलाङ प्रर्दशन गरेका थिए भने पाःलाम, यालाङतर्फ तुला नेयोङ, इसाम बाजि, नृत्य दिलकुमार लिम्बूले प्रस्तुति दिएका थिए ।
यस्तै, समाजसेवी मनोज कुरुम्बाङ र उमा खजुमलाई सम्मान पत्र वितरण गरिएको थियो । कार्यक्रमको संचालन समितिका महासचिव सुमन येक्तेनले गरेका थिए ।