प्रदेश पुनः नामाङ्कनकाे वार्ता सकारात्मक

९ फेब्रुअरी, विराटनगर । प्रदेश एकको पुनः नामाङ्कन गर्न भइरहेको वार्ता सकारात्मक रूपमा टुङ्गिएकाे छ । प्रदेश पुनः नामाङ्कनका लागि सङ्घर्षरत पक्ष र प्रदेश सरकारबीच भएको दुई दिने वार्ता पाँच बुँदे सहमति गर्दै शुक्रबार टुङ्गिएकाे छ ।

प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढङ्गले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्त रूपमा पहल गर्ने सहमति भएको छ । पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फाल्गुन १० गते अगावै दुवै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगूले बताए । सहमतिपश्चचात् प्रतिक्रिया दिँदै वार्ताबाट प्रदेशमा शान्तिपूर्ण वातावरण बनेकोले विकास समृद्धिको कामले तीव्रता पाउने मुख्यमन्त्री केदार कार्कीले विश्वास व्यक्त गरे ।

त्यस्तै, आन्दोलनरत प्रदेश नम्बर एक पुनः नामाङ्कन संयुक्त संघर्ष समितिकाे वार्ता टाेलीका सदस्य जेन्टल लाओतीले वार्ताले सकारात्मक वातावरण निर्माण गरेको जनाए । जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष समेत रहेका लाओतीले ‘काेशी’ नामकरण खारेज गर्दै पहिचानका आधारमा प्रदेशकाे पुन:नामाङ्कन गर्न राजीनितक सहमति कायम गर्ने सहमति भएको बताए । उनले आन्दोलनकाे स्वरूप परिवर्तनबारे समितिमा छलफल गर्ने प्रष्ट पारे ।

प्रदेश राजधानी विराटनगरकाे बिग हाेटलमा भएको वार्ता दाेस्राे वार्ता हाे । यसअघि, असारमा आन्दोलनकारी र सरकारबीच पहिलोपटक वार्ता भएको थियोे । तत्कालीन मन्त्री तिलकुमार मेन्याङ्वाेकाे संयाेजकत्वमा भएको वार्ता विफल भएको थियोे । शुक्रबार भएको सहमतिमा सरकारकाे तर्फबाट पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगू, पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्यसचिवले हस्ताक्षर गरेका छन् ।

पाँच बुँदे सहमति पत्र ।

त्यस्तै, सङ्घर्ष समितिकाे तर्फबाट प्रदेश एक पुनः नामाङ्बन अभियान समितिका डकेन्द्र सिं थेगिम, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गाेविन्द बहादुर आङबुङ, किरात राई यायाेक्खाका उपाध्यक्ष युवराज राई, नेपाल आदिवासी जनजाति महासङ्घका महासचिव दिवस राई, नेपाली शेर्पा सङ्घका महासचिव लाक्पा शेर्पा, संलाेराम-सङ्घीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक्’, नेकपा एसम्बद्ध लिम्बु सङ्घ समाजवादी उपाध्यक्ष पदम लिम्बु, नेकपा माओवादीनिकट किरात राष्ट्रिय मुक्ति माेर्चा महासचिव अर्जुन जम्नेली राई, जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लाओती, राष्ट्रिय जनमुक्ति पार्टी महासचिव पदम जवेगू र नागरिक उन्मुक्ति पार्टी सचिव चन्द्र कुमार चाैधरीले सही गरेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *