याक्थुङ ज्ञान महाेत्सवकाे दाेस्राे संस्करण फागुनमा हुँदै

२५ फेब्रुअरी, झापा । याक्थुङ लिम्बु समुदायका विविध पक्षहरूमा प्राज्ञिक बहस र पुस्तान्तरण गर्ने हिसाबले सुरु गरिएको याक्थुङ ज्ञान महाेत्सवकाे दाेस्राे संस्करण हुने भएको छ । ‘बाैद्धिक ज्ञान आदानप्रदान र पुस्तान्तरणका लागि’ नाराका साथ याक्थुङ युवा मञ्चको आयाेजनामा फागुन तेस्रो साता झापामा महाेत्सव हुने भएको हाे ।

साढे तीन वर्षअघि सुरु भएको महाेत्सवलाई निरन्तरता दिँदै मञ्चले फागुन १९ र २० गते झापा शिवसतासी नगरपालिकाकाे झिलझिलेमा दोस्रो याक्थुङ ज्ञान महोत्सव गर्न लागेकाे हाे ।मञ्चले बौद्धिक ज्ञान आदान–प्रदान र पुस्तान्तरणका लागि दोस्रो पटक याक्थुङ ज्ञान महोत्सव गर्न लागेको मञ्चकी अध्यक्ष प्रज्ञा इजमले जनाइन् । झिलझिलेस्थित वाटर किङ्डम पार्क एण्ड रिसोर्टमा दुई दिन चल्ने महोत्सवमा करिब चार सय बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

महोत्सवमा याक्थुङ (लिम्बू) जातिको मुन्धुम, इतिहास, सभ्यता, संस्कृति, रितिरिवाज, रहनसहन, साहित्य, संगीत आदि विषयवस्तुहरुमाथि प्रस्तुती, बैचारिक वहस, सुन्ने–सुनाउने र बुझ्ने–बुझाउने जस्ता क्रियाकलाप हुनेछन् ।

ज्ञान महोत्सवले विशेष गरी युवा पुस्तालाई आफ्नो मौलिकता चिनाउन र बुझाउन मद्धत गर्ने साथै बौद्धिक ज्ञान पुस्तान्तरणका लागि महत्वपूर्ण सहयोग पुर्‍याउने याक्थुङ युवा मञ्चका अध्यक्ष प्रज्ञा इजम बताइन् ।

‘याक्थुङ ज्ञान महोत्सव विषयवस्तुहरुको प्रस्तुति, वैचारिक बहस, मन्थन, विषयवस्तुप्रति जागरण र बौद्धिक ज्ञानहरु सुनाउने, बुजाउने, सुन्ने, बुझ्ने कार्यक्रमको सङ्गालो हो,’ अध्यक्ष इजमले भनिन्, ‘याक्थुङ लिम्बु समाजको रहनसहन, रीतिरिवाज, धर्म, संस्कृति, कला, साहित्य, सङ्गीत आदि विषयमा प्रस्तुति, छलफल गरिनेछ । मुन्धुम, सभ्यता, इतिहास माथि पनि छलफल हुनेछ । यस्तै राष्ट्रिय विषयहरुमा सरोकार रहने राजनीतिक, आर्थिक, सामाजिक पक्षमा पनि छलफल गरिनेछ ।’

यसअघि २०७६ जेठ २४ र २५ गते काठमाणडौंमा प्रथम याक्थुङ ज्ञान महोत्सव सम्पन्न भएको थियो । यसपटकको महाेत्सवमा डेढ दर्जन हाराहारीमा वक्ताहरू तय भइसकेको महासचिव मनिष आङ्वाेले जनाए । उनलेे महाेत्सवकाे उद्घाटन प्रदेश एकका प्रमुख परशुराम खापुङले गर्ने समेत तय भइसकेको जानकारी दिए ।

याक्थुङ लिम्बु पहिचानका मुख्य र महत्वपूर्ण विषयहरुमा बौद्धिक र अग्रजहरुबाट विषयवस्तु प्रस्तुत, छलफल, बहस गरी ज्ञानहरु आदान–प्रदान र युवा पुस्ताहरुलाई सुसूचित गराउँदै जागरुप बनाउन आवश्यक रहेको याक्थुङ युवा मञ्च झापा अध्यक्ष प्रताप निङ्लेकूले जनाए । उनले साझा विषयमा बहस, छलफल र दस्तावेजिकरण गर्ने अभ्यास र प्रयास स्वरुप यस महाेत्सव हुने भएको थपे । कार्यक्रमकाे व्यवस्थापन झापा जिल्ला समितिले गर्ने भएको छ । महाेत्सवकाे अनुमानित खर्च चार लाख रूपैयाँ रहने आयोजकले जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *