बेलायतमा मानियाे २८ ओैँ जनयुद्ध दिवस

१३ फेब्रुअरी, साउथ ह्याराे(लन्डन) । नेकपा माओवादी केन्द्रकाे प्रवास अङ्ग नेपाली जनप्रगतिशील मञ्च यूकेले २८ ओैँ जनयुद्ध दिवस मनाएकाे छ । मञ्चले आइतबार लन्डनकाे साउथ ह्याराेमा कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएकाे हाे ।

गाेल्डेनसिप रेष्टुरेन्टकाे सभाहलमा भएको कार्यक्रम मञ्चका अध्यक्ष मान बहादुर गुरुङको अध्यक्षतामा भएको थियोे । कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण कुमार राई, पूर्व बेलायत इञ्चार्ज एवम् प्रदेश नम्बर एककाे याेजना आयोगका पूर्व उपाध्यक्ष पूर्ण लक्सम, प्रवास कमिटि सदस्य, नेजप्रम यूके पूर्व अध्यक्ष एवम् सल्लाहकार सुरेन्द्र श्रेष्ठ, सल्लाहकारहरू इश्वर श्रेष्ठ, कर्मा पहाडी शेर्पाह, किरात राई यायाेक्खा यूकेका अध्यक्ष याेगेश राईहरूले सम्बाेधन गरेका थिए ।

कार्यक्रममा सहभागीहरू ।

जनयुद्ध दिवसका क्रममा ज्यान गुमाएका सहिदहरूकाे स्मृतिमा माैनधारण र दीप प्रज्जवलन गरेर सुरु गरिएको कार्यक्रममा उपाध्यक्ष तुल छन्त्यालले स्वागत मन्तव्य राखेका थिए । साे अवसरमा सुमति थापाले पार्टी प्रवेश गरेका थिए । २०५२ फागुन एक गते तत्कालीन नेकपा माओवादीले तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई ४० बुदें माग राख्दै जनयुद्धको संखघोष गरेको स्मृतिमा कार्यक्रम गरिएको नेजप्र मञ्च यूके महासचिव विमला लिम्बुले जनाइन् ।

तत्कालिन माओवादी ०५६-५७ सम्म आईपुग्दा नेपालका अधिकांश जिल्लामा एउटा महत्वपूर्ण वैकल्पिक शक्तिको रुपमा स्थापित भईसकेको थियोे । जनयुद्धकालिन समयमा विभिन्न राजनीतिक उतारचढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय कठोर संर्घष वेहोर्दै नेपालको माओवादी आन्दोलनलाई राष्ट्रिय रुपमा विस्तार र अन्तर्राष्ट्रिय रुपमा प्रभाव फैलाउदै लगेको माओवादीले २ वटा भरुवा बन्दुक बाट जनयुद्ध शुरु गरी ०६१/६२ सम्म आई पुग्दा राज्यको सेनासँग थुप्रै माेर्चाहरूमा भिँड्ने जनसेना तयार पारेको थियो । २०६३ मङ्सिर ५ गते नेपाल सरकारसँग विस्तृत शान्ति सम्झाैतामा हस्ताक्षर गरेपछि मुलुकमा पहिलोपटक २०६४ चैत २८ मा संविधानसभाको पहिलो निर्वाचन भएको थियोे ।

२०६९ जेठ १४ मा संविधानसभा विघटन भई दाेस्राे निर्वाचन २०७० मा भएको थियोे । संविधानमा गणतन्त्र, सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता लगायतका मुद्दाहरू संस्थागत गर्न माओवादी जनयुद्धलाई महत्त्वपूर्ण जगका रूपमा लिनुपर्ने अध्यक्ष मान बहादुर गुरुङले बताए । नेकपा माओवादी केन्द्र अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले आइतबारकाे मन्त्रिपरिषदकाे बैठकबाट फागुन एक गते सार्वजनिक बिदा दिने घाेषणा गरेको थियोे ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *